४ असार ,बनियानी । झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरु भएको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले मन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए । राष्ट्रिय वन विकास
४ असार ,बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढालाई टेलिफोन सम्पर्क गर्न रुख चढेको सम्झना ताजै छ । नेपाल टेलिकमको ‘टावर’ पुगेपछि अहिले उनको बाध्यता हटेको छ । उनि अहिले नेपाली सिमकार्डकै प्रयोग गरेर टेलिफोन सम्पर्क गर्ने गर्छन् । “यहाँ टावर नहुँदा नेपाली सिमबाट सम्पर्क गर्न डाँडो वा रुख
४ असार ,गण्डकी । गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक कालोपत्रे हुने भएको छ । गण्डकी प्रदेश सरकारको आव २०८०/८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र–एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइएको
३ असार ,लुम्बिनी । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनका लागि अध्ययन हुने भएको छ । बुटवल उपमहानगरपालिकाको पहलमा आम्दामा स्वास्थ्य क्षेत्रका विभिन्न तहको स्नातक तथा प्रवीणता प्रमाणपत्र तह अध्यापनका लागि तयारी सुरु भएको छ । अम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको
३ असार ,नेपालगञ्ज । बाँकेमा बालबालिकालाई लगाइने विभिन्न खोप कार्यक्रम सहरमा भन्दा गाउँमा प्रभावकारी देखिएको छ । बालबालिकालाई लगाइएको खोपमध्ये राप्ती सोनारी गाउँपालिकामा एक जना मात्रै छुटेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा एक सय ७७ खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । जिल्लाको खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा एक
३ असार ,कास्की । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सार्वजनिक निजी साझेदारीबाट खेलकुद क्षेत्रको विकास गरिने बताएका छन् । खेल पूर्वाधार निर्माण तथा खेलकुद प्रतियोगिता सञ्चालनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएको उनले स्पष्ट पारे । खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा
३ असार ,मिक्लाजुङ । पाँचथरको फालेलुङ गाउँपालिका–३ मा पहिरामा परेर जीवित उद्धार गरिएकी नौ वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीयवासीले फालेलुङ–३ खोलाघारीस्थित मनप्रसाद राईको घरमा पुरिएकी जुना सावदेनको आइतबार बिहान जीवितै उद्धार गरेका थिए । जुना मनप्रसादकी नातिनी हुन् । उनी मावली घरमा बसेर स्थानीय विद्यालयमा अध्ययन गर्दै आएकी
३ असार, काठमाडाैँ । नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ । पछिल्लो १० महिनाको तथ्याङ्क अनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट रु
३ असार बैतडी । बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ । कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३ कैदीबन्दी छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती थपिएको जेलर धारा भण्डारीले जानकारी दिए । उनले भने, “व्यवस्थापनमा चुनौती छ, ठाउँ अभावमा एउटै शय्यामा तीन कैदीबन्दीसम्म सुत्ने
३ असार, लमजुङ । शनिबार यहाँ वर्षा हुँदा डुम्रे–बेँसीशहर–चामे सडक खण्डअन्र्तगत लमजुङको बेँसीशहर नगरपालिका–९ खरखरेमा पहिराले बाटो अवरुद्ध भएको छ । बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए । वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको