Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बैतडीमा कैदीबन्दी व्यवस्थापनमा चुनौती


३ असार बैतडी । बैतडी जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ ।   कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७३  कैदीबन्दी छन् ।

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती थपिएको जेलर धारा भण्डारीले जानकारी दिए । उनले भने, “व्यवस्थापनमा चुनौती छ, ठाउँ अभावमा एउटै शय्यामा तीन कैदीबन्दीसम्म सुत्ने गरेका छन्, । शय्यामाथि शय्या जोडेर बसेका छन् । कारागारभित्र ठाउँ नभएर टेन्ट लगाएर राखेका छौँ, पानी पर्दा समस्या हुने गरेको छ । तेब्बर कैदीबन्दी हुँदा सरुवा रोगको जोखिम पनि बढेको छ । ”

एकातिर कोठा अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको छ । कैदीबन्दीलाई शौचालय प्रयोग, सरसफाइको लागि समेत समस्या हुने गरेको छ । दर्शकौं पुरानो जीर्ण कारागार भवन पुनः निर्माण नहुँदा यहाँ सुरक्षा चुनौती थपिएको छ । विसं २०४० मा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो ।

“जीर्ण भवन रहेको र कोठा पनि कम भएकाले समस्या झेल्नुपरेको छ । जेलर आवास गृह, सुरक्षा व्यारेक पनि छैन”, भण्डारीले भने–“जेलरले २४सै घण्टा बस्नुपर्ने भए पनि आवास गृह छैन्, सुरक्षा ब्यारेक बनेको छैन् । दिउँसो स्वास्थ्यकर्मी र राति सुरक्षाकर्मी बस्ने गरेका छन् । ”

कुनै कैदीबन्दीका आमाबुबा बितेर किरिया गर्नुपरे पनि छुट्टै व्यवस्थासमेत नभएको बताइएको छ । बिजुली र सिसिटिभी बेलाबेला बिग्रिरहने र त्यसको मर्मतका लागि बजेट नहुँदा समस्या हुने गरेको भण्डारीले बताए ।

अनुगमन तथा निरीक्षणका लागि सरोकारवाला निकाय आउने र हेरेर जाने भए पनि समस्या भने जस्ताको त्यस्तै रहेको छ । नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई जानकारी गराए पनि कहिले बन्ने टुङ्गो छैन ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?