Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

मुहार फेर्दै दुर्गम बस्ती खल्ला मसेट्टी


४ असार ,बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका रङ्गे बुढालाई टेलिफोन सम्पर्क गर्न रुख चढेको सम्झना ताजै छ । नेपाल टेलिकमको ‘टावर’ पुगेपछि अहिले उनको बाध्यता हटेको छ ।

उनि अहिले नेपाली सिमकार्डकै प्रयोग गरेर टेलिफोन सम्पर्क गर्ने गर्छन् । “यहाँ टावर नहुँदा नेपाली सिमबाट सम्पर्क गर्न डाँडो वा रुख उक्लिनुपर्थ्यो, त्यसैले अधिकांश स्थानीयले भारतीय सिम प्रयोग गर्थे”, उनले भने, “अहिले यो बाध्यता हटेको छ, बिजुलीसँगै टावर बनेपछि सहजै सम्पर्क हुन्छ ।”

कञ्चनपुरको दुर्गम भेगका रुपमा चिनिने भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुँडिखेलले स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास निर्माणमा गति लिएको छ । विकासका पूर्वाधारबाट पछाडि परेका चुरे फेदीका यी बस्ती सडक सञ्जाल, विद्युत् र सञ्चारलगायतका सेवा सुविधामा जोडिएका छन् ।

“अगाडि विद्युत्को सुविधा थिएन, सोलार र टुक्कीले काम चलाउँथ्यौँ, दुई/तीन वर्षयता विद्युत् आएको छ”, टुँडिखेलका लोकबहादुर थापामगरले भने, “अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको छ ।” खल्ला, मसेट्टी र टुडिखेलका स्थानीयले पछिल्लो केही वर्षयता विकासका पूर्वाधारसँग जोडिँदै गएको उनको भनाइ छ ।

डडेल्धुराबाट बसाइँसराइ गरेर यहाँ आएका उनि डेढ दशकअघिदेखि टुँडिखेलमा बस्दै आएका छन् । “सुरुआतमा यहाँ आउँदा निकै कठिन थियो, बाटोघाटो, शुद्ध पिउने पानी, विद्युत्लगायत केही सुविधा थिएन”, उनले भने, “दशक जति निकै दुःख झेलेर जीवन निर्वाह गर्यौँ ।”

खल्ला, मसेट्टी र टुँडिखेल सदरमुकाम महेन्द्रनगरदेखि झण्डै १५ किलोमिटरको दूरीमा पर्छन् । महाकालीको तिरैतिर ग्राभेल बाटो बनेपछि यहाँका स्थानीय सदरमुकामसँग जोडिएका छन् । “वर्षौंपछि सडक सुविधा पाएका हौँ, पहिलोपटक स्थानीय तहमा जनप्रतिनिधि आएपछि हामीले विकासको आभाष गर्न पायौँ”, भीमदत्त नगरपालिका–९ खल्लाका सुरेन्द्र कठायतले भने, “अहिले गाउँसम्मै गाडी चल्छ ।”

यसअघि बाटोको सुविधा नहुँदा यहाँका स्थानीय हिँडेरै आवतजावत गर्ने गरेका थिए । खल्ला, मसेट्टी र टुँडिखेलसम्म महेन्द्रनगरबाट दिनहुँ एक बस छुट्ने गरेको छ । गाउँ गाउँमा बस तथा अटो पुग्न थालेपछि आवतजावतमा निकै सहजता थपेको स्थानीयको भनाइ छ । विसं २०५२ देखि खल्ला, मसेट्टी र टुँडिखेलमा मानव बस्ती बस्न थालेको हो । टुँडिखेलमा करिब दुई सय ५०, खल्लामा एक सय ५० र मसेट्टीमा ७० परिवारको बसोबास रहेको छ ।

खल्लाकी मनिषा साउदले बर्खायाममा महाकालीमा आउने बाढीले दुःख दिने गरेकोे बताईन । उनका अनुसार अझै सिँचाइको सुविधा नपुगेकाले आकाशको पानीको भरमा बाली लगाउने गरिन्छ । “सिँचाइको सुविधा नहुँदा आकाशको पानीको भरमा बाली लगाउनुपर्छ, अन्न खानलाई पनि उत्पादन हुँदैन”, उनले भनिन् ।


प्रकाशित मिति: ४ असार २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?