काठमाडौं । देशभर तापक्रम बढ्दै जाँदा गर्मीसँग सम्बन्धित स्वास्थ्य समस्या पनि बढ्न थालेका छन्। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला र दीर्घरोगीहरूमा गर्मीका कारण डिहाइड्रेसन, लु , हीट एक्जस्टन, खाद्य विषाक्तता तथा छालासम्बन्धी समस्या देखिने जोखिम बढी हुन्छ।
गर्मीमा देखिने प्रमुख समस्या
१. डिहाइड्रेसन (शरीरमा पानीको कमी)
-धेरै पसिना आउनु
-अत्यधिक तिर्खा लाग्नु
-मुख सुक्नु
-चक्कर लाग्नु वा कमजोरी महसुस हुनु
२. लु
शरीरको तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुग्नु
-टाउको दुख्नु
-बेहोस हुने वा अलमलिने
-छाला तातो र सुख्खा हुनु
३. खाद्य विषाक्तता
-बान्ता
-पखाला
-पेट दुख्ने
-ज्वरो आउने
४. छालासम्बन्धी समस्या
-घमौरा
-छाला रातो हुने
-चिलाउने वा पोल्ने
बच्ने उपाय
-दिनभरि पर्याप्त मात्रामा पानी र झोलयुक्त खानेकुरा सेवन गर्नुहोस्।
-बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सकेसम्म घाममा लामो समय नबस्नुहोस्।
-हल्का र सुतीका कपडा लगाउनुहोस्।
-ताजा र सफा खाना मात्र खानुहोस्, बासी खाना नखानुहोस्।
-बाहिर निस्कँदा टोपी, छाता वा सनस्क्रिन प्रयोग गर्नुहोस्।
-बालबालिका र वृद्धवृद्धालाई घाममा धेरै समय नराख्नुहोस्।
यदि अत्यधिक चक्कर लाग्ने, बेहोस हुने, लगातार बान्ता हुने, शरीरको तापक्रम अत्यधिक बढ्ने वा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा घरमै उपचार गर्ने प्रयास नगरी तुरुन्त नजिकको स्वास्थ्य संस्थामा पुग्न चिकित्सकहरूले आग्रह गरेका छन्।
प्रकाशित मिति: ३० असार २०८३, मंगलवार