Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनमा बुटवलको आम्दा


३ असार ,लुम्बिनी । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनका लागि अध्ययन हुने भएको छ । बुटवल उपमहानगरपालिकाको पहलमा आम्दामा स्वास्थ्य क्षेत्रका विभिन्न तहको स्नातक तथा प्रवीणता प्रमाणपत्र तह अध्यापनका लागि तयारी सुरु भएको छ ।

अम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन सुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)सँग अनुमति माग गरिएको छ ।

आम्दा अस्पताल सञ्चालक समितिको आज बसेको बैठकले अस्पतालमा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययनका लागि अनुमति प्राप्त हुने प्रक्रियामा रहेकाले आवश्यक काम अगाडि बढाउने निर्णय गरेको सञ्चालक समितिका अध्यक्षसमेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

नगरप्रमुख पाण्डेयको नेतृत्वमा जापान गएको टोलीले गत जेठमा आम्दा इन्टरनेसनलसँग अस्पतालको स्तरोन्नति गर्दै जनशक्ति उत्पादनमा जोड दिने समझदारी गरेको थियो । सोही समझदारीअनुसार अस्पतालमा दुई सय शय्या थप गर्ने निर्णय सञ्चालक समितिको बैठकले अनुमोदन गरेको पाण्डेयले बताए ।

बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य सङ्घले अस्पतालको स्तरोन्नति गर्नका लागि सामूहिक प्रतिबद्धता जनाएका छन् ।

बैठकले समझदारी अनुसारका काम अगाडि बढाउनका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको उनले बताए । अस्पतालमा न्यूरोसम्बन्धी उपचार सुरु गर्नका लागि आवश्यक प्रक्रिया पूरा गर्ने गरी काम अगाडि बढाउने निर्णय बैठकले गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा बालबालिकाका लागि पुस्तकालय स्थापना गर्ने निर्णय पनि गरिएको छ । विसं २०५३ मा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । ५० शय्याबाट सुरु भएको अस्पतालमा हाल एक सय शय्या सञ्चालनमा छन् ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?