Trending
>>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल >>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सार्वजनिक निजी साझेदारीमा खेल क्षेत्रको विकास : खेलकुदमन्त्री लिम्बू


३ असार ,कास्की । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सार्वजनिक निजी साझेदारीबाट खेलकुद क्षेत्रको विकास गरिने बताएका छन् ।

खेल पूर्वाधार निर्माण तथा खेलकुद प्रतियोगिता सञ्चालनका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने योजना बनाएको उनले स्पष्ट पारे । खेलकुद पत्रकार मञ्च गण्डकीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेपाली खेलकुदको विकासमा निजी क्षेत्रबाट समेत धेरै सहयोग प्राप्त भएको बताए ।

उनले भने, “खेलकुद क्षेत्रमा सरकारले मात्र सबै थोक गर्न सक्दैन । निजी क्षेत्रलाई समावेश गर्न नसके हामी अगाडि जान सक्दैनौँ । खेल प्रवद्र्धन, खेलाडीलाई सहयोग गर्ने धेरै हातहरु छन्, उनीहरुलाई संरक्षण गर्ने दायित्व हाम्रो हो ।” खेलकुदमन्त्री लिम्बूले आगामी डिसेम्बरमा चीन हुने १९औँ एसियाली खेलकुदको तयारी सुरु भएको जानकारी दिए ।

उनले खेलाडीहरुको छनोट तथा प्रशिक्षणलाई पारदर्शी बनाइने प्रतिबद्धता जनाए । “एसियन खेलकुदमा सहभागी हुने खेलाडीहरुको पारदर्शी रुपमा छनोट गरिने गरिनेछ । सकेसम्म राष्ट्रिय खेलकुद परिषद्ले छनोट प्रक्रिया र खेलाडीको सुविधाको अनुगमन गरोस् भन्ने मन्त्रालयको चाहना छ”, उनले भने ।

पोखरा पर्यटकीय सहरसँगै खेलकुदको समेत सहर भएको बताउँदै उनले पोखराको आवश्यकताअनुसार खेलकुद पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, “निर्माण भएका खेल पूर्वाधारको सुधार र संरक्षणसहित थप खेल प्रवद्र्धन र खेल पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्नेछ ।”

सङ्घीयताअनुसार खेल क्षेत्रको संरचना विकास नहुँदा उत्साह आउन नसकेको मन्त्री लिम्बूले बताए । उनले खेल क्षेत्रलाई देशको विद्यमान संरचनाअनुसार अघि बढाइने स्पष्ट पार्दैै त्यसका लागि कर्मचारी व्यवस्थापनका लागि कर्मचारी नियमावली र प्रशासनिक नियमावली संशोधन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

खेलकुदमन्त्रीले भने, “सङ्घीयताअनुसार खेल क्षेत्रलाई अघि बढाउँदा बल्ल उत्साह छाउने छ । खेल क्षेत्रमा धेरै गर्न सक्छौँ । खेल पदाधिकारीहरुले मितव्ययी भएर खेलाडीहरुको सुविधाका लागि काम गर्नुपर्दछ भन्ने भनेर लाग्नु आवश्यक छ ।”


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?