Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

खोप कार्यक्रम सहरभन्दा गाउँमा प्रभावकारी हुँदै


३ असार ,नेपालगञ्ज । बाँकेमा बालबालिकालाई लगाइने विभिन्न खोप कार्यक्रम सहरमा भन्दा गाउँमा प्रभावकारी देखिएको छ । बालबालिकालाई लगाइएको खोपमध्ये राप्ती सोनारी गाउँपालिकामा एक जना मात्रै छुटेको छ भने नेपालगञ्ज उपमहानगरपालिकामा एक सय ७७ खोप लगाउन छुटेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।

जिल्लाको खजुरा गाउँपालिकामा चार, जानकी गाउँपालिकामा एक र डुडुवा गाउँपालिकामा एक बालबालिकाले खोप लगाउन छुटेको तथ्याङ्कले देखाएको छ । तर कोहलपुर नगरपालिका, बैजानाथ गाउँपालिका र नरैनापुर गाउँपालिकामा बालबालिकाले पूर्णरूपमा सबै प्रकार खोप लगाएका छन् ।

बालबालिकालाई लगाइने सबै प्रकारका खोप नलगाएको (ड्रप आउट) नेपालगञ्ज उपमहानगरपालिकामा सबैभन्दा बढी छ सय ९२ बालबालिका रहेका छन् । उनीहरूले केही खोप मात्रै लगाएका छन् ।

सबै प्रकारका खोप नलगाउने बालबालिका राप्ती सोनारीमा ५२, कोहलपुरमा ११, बैजनाथमा १८, खजुरामा एक सय ३१, जानकीमा ९५, डुडुवामा ३४, नरेनापुरमा दुई सय ६८ रहेको स्वास्थ्य कार्यालय, बाँकेले बताएको छ । स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बालबालिकालाई १३ प्रकारका रोग लाग्न नदिन नौ प्रकार खोप लगाइएकोे जानकारी दिए । उनले विवाहित युवतीमा देखिने पाठेघरको क्यान्सर न्यूनीकरणका लागि खोप कार्यक्रम सञ्चालन हुने बताए ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले खोपमा सबैको पहुच विस्तार गर्न आवश्यक भएको उल्लेख गर्दै बालबालिकाको स्वास्थ्यमा लगानी बढाइएको बताए । उनले भने, “खोप कार्यक्रममा किन कमजोरी भएको छ, यसको दीगो समाधान खोज्नुपर्छ ।”

राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले खोप बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खोपको अवस्था हेर्दा पालिका तेस्रो स्थानमा रहेको बताए ।

राप्ती सोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रराज केसीले पालिकामा ९५ प्रतिशत बढी ‘कभरेज’ रहेको उल्लेख गर्दै नौ वडामा नै महिला स्वयंसेविकाको पहुँच रहेकाले बालबालिकाले सबै खोप लगाएको बताए । उनले भने, “सामाजिकरूपमा नै खोप नलगाए वडाबाट पाउने सेवा र सुविधा कटौती हुने भन्ने सन्देश गएकाले पनि खोप लगाउने छुटेका छैनन ।”

राप्ती सोनारी गाउँपालिकाका वरिष्ठ अहेब शङ्करबहादुर डाँगीले गाउँघरका खोप केन्द्रमा फर्निचर नभएका कारण बालबालिकालाई भुइँमा बसालेर खोप लगाउनुपर्ने बाध्यता रहेको बताए ।


प्रकाशित मिति: ३ असार २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?