Trending
>>   बालेन्द्र शाहको धमाकेदार विजय: केपी ओली झापा–५ मा पराजित >>   रास्वपाले विजय र्‍याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन >>   रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम >>   हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने >>   मदिरा बिक्री र रात्रीकालीन व्यवसायमाथि लगाइएको प्रतिबन्ध हटाइयो >>   हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ >>   जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल >>   सोबिता गौतमलाई बधाई दिँदै रेणु दाहालले भनिन्– जनताको निर्णयलाई सम्मान गर्छु >>   जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन सरकारलाई बुझाउने तयारी >>   पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल
Logo
२३ फाल्गुन २०८२, शनिबार
२३ फाल्गुन २०८२, शनिबार

पशुअधिकारका लागि ‘भिगन ग्यालरी’


काठमाडौँ । पशुअधिकार र भिगन जीवनशैलीबारे जानकारी दिने उद्देश्यले आज  ‘नेपाल भिगन ग्यालरी’ कार्यक्रमको  आयोजना गरिएको छ ।

काठमाडौँ एनिमल सेभको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा पशु हिंसा रोक्न आह्वान गरिएका चित्र तथा भिगन फुडस्टल र साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको एनिमल सेभकी शोभा भुजेलले जानकारी दिइन् । उनका अनुसार पशुजन्य भोजन र उत्पादन प्रयोग नगर्ने व्यक्ति र जीवनशैलीलाई भिगन भनिन्छ । भिगनहरू मासुमात्र होइन दूध, दही, घीउ र पनिर पनि खाँदैनन् ।

भिगन फुडस्टलमा गहुँ र वनस्पतिबाट बनाइएका विभिन्न परिकार राखिएका थिए । तीमध्ये गहुँ र अन्य वनस्पति स्रोतहरू प्रयोग गरेर बनाइएको सेइटान र भटमासको दूधबाट बनेको चिया धेरै रुचाएको थियो । मासुजस्तै देखिने र खाँदा पनि उस्तै महसुस हुने सेइटान मासु छाड्न चाहनेहरूका लागि राम्रो विकल्पका रूपमा रहेको भुजेलले बताइन् ।

कार्यक्रममा भिगन व्यवसाय र जनावर अधिकारबारे समूहगत छलफल गरिएको थियो । जसमा भिगन कल्याण सिलवाल र सामु योञ्जनले आफ्ना धारणा राख्दै सहभागीका जिज्ञासाबारे सम्बोधन गरे । योञ्जनले आफूहरूले पैसा कमाउनेभन्दा पनि पुण्य कमाउने ध्येयले भिगन खानाको व्यवसाय गरेको बताए । सिलवालले खाना र स्वादमा अझै निखार ल्याउन सके भिगन खानाप्रति मान्छेको थप रुचि बढ्ने धारणा राखे ।

कार्यक्रममा पूर्वतुम्बाको ‘लब्रेकुटीमा शाकाहारी कुकुर’ कविता सङ्ग्रह र घनश्याम खड्काको ‘आनन्द संहिता’ वाचन गरिएको थियो ।

पछिल्लो समय भिगन जीवनशैली अपनाउनेको सङ्ख्या बढ्न थालेको जनाइएको छ । विशुद्ध शाकाहारी भोजन र अहिंसाको प्रवद्र्धनका लागि कार्यक्रममा ‘ओम्निभोर’ जीवन अपनाउनेहरूको पनि सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ८ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?