Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

पशुअधिकारका लागि ‘भिगन ग्यालरी’


काठमाडौँ । पशुअधिकार र भिगन जीवनशैलीबारे जानकारी दिने उद्देश्यले आज  ‘नेपाल भिगन ग्यालरी’ कार्यक्रमको  आयोजना गरिएको छ ।

काठमाडौँ एनिमल सेभको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा पशु हिंसा रोक्न आह्वान गरिएका चित्र तथा भिगन फुडस्टल र साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको एनिमल सेभकी शोभा भुजेलले जानकारी दिइन् । उनका अनुसार पशुजन्य भोजन र उत्पादन प्रयोग नगर्ने व्यक्ति र जीवनशैलीलाई भिगन भनिन्छ । भिगनहरू मासुमात्र होइन दूध, दही, घीउ र पनिर पनि खाँदैनन् ।

भिगन फुडस्टलमा गहुँ र वनस्पतिबाट बनाइएका विभिन्न परिकार राखिएका थिए । तीमध्ये गहुँ र अन्य वनस्पति स्रोतहरू प्रयोग गरेर बनाइएको सेइटान र भटमासको दूधबाट बनेको चिया धेरै रुचाएको थियो । मासुजस्तै देखिने र खाँदा पनि उस्तै महसुस हुने सेइटान मासु छाड्न चाहनेहरूका लागि राम्रो विकल्पका रूपमा रहेको भुजेलले बताइन् ।

कार्यक्रममा भिगन व्यवसाय र जनावर अधिकारबारे समूहगत छलफल गरिएको थियो । जसमा भिगन कल्याण सिलवाल र सामु योञ्जनले आफ्ना धारणा राख्दै सहभागीका जिज्ञासाबारे सम्बोधन गरे । योञ्जनले आफूहरूले पैसा कमाउनेभन्दा पनि पुण्य कमाउने ध्येयले भिगन खानाको व्यवसाय गरेको बताए । सिलवालले खाना र स्वादमा अझै निखार ल्याउन सके भिगन खानाप्रति मान्छेको थप रुचि बढ्ने धारणा राखे ।

कार्यक्रममा पूर्वतुम्बाको ‘लब्रेकुटीमा शाकाहारी कुकुर’ कविता सङ्ग्रह र घनश्याम खड्काको ‘आनन्द संहिता’ वाचन गरिएको थियो ।

पछिल्लो समय भिगन जीवनशैली अपनाउनेको सङ्ख्या बढ्न थालेको जनाइएको छ । विशुद्ध शाकाहारी भोजन र अहिंसाको प्रवद्र्धनका लागि कार्यक्रममा ‘ओम्निभोर’ जीवन अपनाउनेहरूको पनि सहभागिता रहेको थियो ।


प्रकाशित मिति: ८ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?