Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

चार महिनामा साढे चार खर्ब व्यापार घाटा


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा नेपालले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख रुपैषाँ बराबरको आयात र ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको निर्यात भएको हो ।

यसरी कूल ५ खर्ब ६६ अर्ब पाँच करोड ६७ लाख रुपैयाँको वैदेशिक व्यापारमा ४ खर्ब ६० अर्ब ७१ करोड ७३ लाख रुपैयाँ घाटा देखिएको विभागले जनाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात शून्य दशमलव १७ र निर्यात चार दशमलव १६ प्रतिशतले बढेको छ ।

नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र ४ महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । कात्तिक मसान्तसम्ममा भारतबाट ३ खर्ब १६ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

त्यस्तै नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग रू एक खर्ब तीन अर्ब १८ करोड २५ लाखको आयात र ६८ करोड २३ लाख ७७ हजार रुपैयाँको निर्यात हुँदा एक खर्ब दुई अर्ब ५० करोड रुपैयाँको व्यापार घाटा देखिएको छ ।

पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ । कात्तिक मसान्तसम्ममा २९ अर्ब चार करोड २० लाख रुपैयाँ बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ ।

त्यस्तै १५ अर्ब ९६ करोड ९२ लाख बराबरको फलामजन्य वस्तु, १३ अर्ब ४० करोड ४८ लाख बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्यांकबाट देखिन्छ । बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ ।

चार महिनामा ३ अर्ब ६० करोड ८ लाख बराबर रुपैयाँको कार्पेट निर्यात भएको छ । त्यस्तै सोयाबिन तेल ३ अर्ब ४१ करोड, चिया दुई अर्ब २१ करोड र अलैँची एक अर्ब ९० करोड बराबर रुपैयाँ को निर्यात भएको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?