Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह


निर्माण व्यवसायीलाई ‘रुखमा बाँध्ने’ बालेनको अभिव्यक्तिप्रति महासंघको आपत्तिः माफी माग्न आग्रह

काठमाडौँ । नेपालको भौतिक पूर्वाधार निर्माणको मेरुदण्ड मानिने निर्माण उद्योग हाल चरम संकटबाट गुज्रिरहेको छ ।

नेपाल निर्माण व्यवसायी महासंघ ले सोमवार मागपत्र जारी गर्दै मुलुकभर झन्डै ३० हजार आयोजनाहरू अलपत्र अवस्थामा रहेको र राज्यको अदूरदर्शी नीतिका कारण निर्माण क्षेत्र कोल्याप्स हुने अवस्थामा पुगेको चेतावनी दिएको छ । महासंघले हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहद्वारा धनगढीमा आयोजित चुनावी सभामा निर्माण व्यवसायीप्रति लक्षित ‘रुखमा बाँध्ने, बाटोमा सुताउने र खोरमा हाल्ने’ भनी दिनुभएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन दाहालले बताउनु भयो । फागुन ६ गतेको उक्त अभिव्यक्तिलाई महासंघले ‘सस्तो लोकप्रियताका लागि गरिएको निकृष्ट र गैर–जिम्मेवार’ कदम भन्दै यसले ३० हजार व्यवसायीको मानमर्दन गरेको ठहर गरेको छ ।

महासंघका महासचिव दाहालले भन्नुभयो, ‘इन्जिनियरिङ पृष्ठभूमि भएका जिम्मेवार नेताबाट वास्तविक समस्याको पहिचान नगरी व्यवसायीलाई मात्र दोषी देखाउनु खेदजनक छ । यसप्रति अविलम्व सार्वजनिक माफी माग्न हामी जोडदार माग गर्दछौँ ।’

३० हजार आयोजना अलपत्रः मुख्य कारण ‘बजेटको अनिश्चितता’

महासंघकाअनुसार वि.सं. २०७३/७४ पछि सरकारले विना अध्ययन र विना स्रोत सुनिश्चितता करीव १९ खर्ब रुपैयाँ बराबरका १ लाखभन्दा बढी आयोजनाहरू घोषणा ग¥यो । तर हाल ६ खर्बभन्दा बढीको दायित्व सिर्जना भइसक्दा पनि बजेट अभावका कारण ३० हजारभन्दा बढी आयोजनाहरू ‘अलपत्र’ अवस्थामा छन् ।
मेलम्ची खानेपानी, नागढुङ्गा सुरुङ मार्ग र फास्ट ट्र्याक जस्ता राष्ट्रिय गौरवका आयोजनाहरूको काम समेत सुस्त हुनुमा व्यवसायीभन्दा पनि सरकारी ऐन–नियम र भुक्तानीको अभाव मुख्य बाधक रहेको महासंघको दाबी छ ।

अर्थतन्त्रमा गम्भीर धक्का

निर्माण क्षेत्रमा आएको मन्दीले सिमेन्ट, डण्डी, इँटा र बालुवा जस्ता निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरूमा प्रत्यक्ष नकारात्मक असर परेको छ । यसले गर्दा सरकारको राजश्व संकलनमा भारी गिरावट आएको र २५ लाखभन्दा बढीलाई रोजगारी दिइरहेको यो क्षेत्र संकटमा पर्दा समग्र मुलुकको अर्थतन्त्र नै जोखिममा परेको बताउनु भयो ।
महासंघले निर्माण क्षेत्रलाई पुनः चलायमान बनाउन माग गर्दै बिना तयारीका आयोजना बन्द गर्न आग्रह गरेको छ । स्रोत सुनिश्चित नभएका र अध्ययन विनाका आयोजनालाई बजेटमा समावेश नगर्न र कुल बजेटको ४० प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गर्न माग गरिएको छ । २. सार्वजनिक खरिद ऐन संशोधनः ऐनको दफा ५९ संशोधन गरी नियतवश नभई प्राविधिक कारणले ढिला भएका आयोजनाको ठेक्का तोड्ने र कालोसूचीमा राख्ने प्रक्रिया बन्द गर्नुपर्ने, ‘लो बिडिङ’ को अन्त्यः १५ प्रतिशतभन्दा बढी घट्ने बोलपत्रलाई निरुत्साहित गर्नुपर्ने र एक व्यवसायीले ५ वटाभन्दा बढी प्याकेज लिन नपाउने व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने माग गरेको छ । महासंघले भुक्तानीको सुनिश्चितताः व्यवसायीहरूको अर्बौँ रुपैयाँ भुक्तानी बाँकी रहेकोले मासिक रूपमा एलएमबिआइएस प्रणालीमार्फत सहज भुक्तानीको व्यवस्था मिलाउन माग गरेको छ । १ करोडसम्मको काम उपभोक्ता समितिमार्फत गराउने हालको व्यवस्थाले भ्रष्टाचार र गुणस्तरहीनता बढाएको भन्दै यसलाई १० लाखमा झार्न माग गरिएको छ । आयोजना स्थलमा निर्माण व्यवसायी र उपकरणमाथि हुने भौतिक आक्रमण र धम्की रोक्न सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग महासंघको छ ।

निर्माण व्यवसायीहरूले आफूहरूलाई मात्र ‘भिलन’ देखाउने राजनीतिक प्रवृत्ति अन्त्य गरी नीतिगत सुधारमा केन्द्रित हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । आगामी संसद बैठकबाटै ‘एकीकृत निर्माण उद्योग ऐन’ तर्जुमा नगरे निर्माण क्षेत्र पूर्ण रूपमा धराशयी हुने र त्यसको प्रत्यक्ष असर मुलुकको विकासमा पर्ने निश्चित देखिएको महासंघको भनाइ छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?