Trending
>>   कोप–३१ मा नेपालको पर्वतीय एजेन्डाले पायो प्राथमिकता, आगामी दुई वर्ष संवाद हुने सहमति >>   सामाजिक सञ्जालको हल्लाका भरमा काँग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको चेतावनी >>   ‘बात बहादुर होइन, काम बहादुर बनौँ’:ओली >>   सरकारी स्टलमै प्रतिवन्धित प्लास्टिक झोला प्रयोग गरेको देखियोः सभामुख अर्याल >>   लगातार चौथो जितसँगै प्लेअफमा काठमान्डुको बलियो दाबेदारी >>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित)
Logo
२४ कार्तिक २०८३, मंगलवार
२४ कार्तिक २०८३, मंगलवार

पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले


पूर्वराजाबाट नभई राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा छः एमाले

काठमाडौँ । नेकपा (एमाले)का केन्द्रिय सदस्य समिक बडालले पूर्वराजा ज्ञानेन्द्र शाहबाट नभई अराजकताको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट लोकतन्त्र खतरामा रहेको टिप्पणी गर्नुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बडालले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा दिएको अभिव्यक्तिकै आधारमा लोकतान्त्रिक व्यवस्था खतरामा रहेको भाष्य निर्माण गरिनु नहुने जिकिर गर्नुभयो । उहाँले डिस्कोर्डबाट गठित सरकारले जेन–जी आयोगको अनुसन्धान प्रतिवेदन समयमै सार्वजनिक नगरेर एमालेलाई आरोपित गर्ने प्रयास गरिरहेकोप्रति आपत्ति बजनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजाबाट आएको वक्तव्यलाई सुनेर लोकतन्त्र नै समस्यामा छ भन्ने भाष्य बनाइनु हुँदैन । अहिले निर्वाचनको समयमा घटेका घटनाको आधारमा चिन्ता र चासोका विषयहरुलाई अन्यथा पनि लिनु हुँदैन । आज यो लोकतन्त्रमा समस्या छ भने तत्कालीन राजाभन्दा पनि अहिलेको अराजकता र त्यसको नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट जुन काम भइरहेको छ । यसबाट नै लोकतन्त्र खतरमा छ जस्तो अनुभुति हुन्छ । काँग्रेस–एमालेको सरकारको क्रममा भएको जेनजी आन्दोलनमा जुन किसिमको क्षति भयो । त्यसको भोलिपल्ट हाम्रा सम्पदा जले, कयौँले मृत्युवरण गरे ।’

उहाँले आउने निर्वाचनमा पार्टीले बहुमत ल्याउने दाबी पनि गर्नुभयो । नेपाली कम्युनिष्ट पार्टीका नेता सुदेश पराजुलीले गलत प्रवृत्तिका विरुद्धमा जनता जागेको कारण जेन–जी विद्रोह भएको बताउनु भयो । आगामी निर्वाचन असत्य र गलत प्रवृत्तिविरुद्ध जनताको निर्णायक अभिव्यक्ति हुने उहाँको भनाइ छ । पछिल्लो समय देशमा देखिएको प्रवृत्तिलाई परास्त गर्न र संविधान तथा व्यवस्थाको संरक्षण गर्ने राजनीतिक शक्तिलाई स्थापित गर्न निर्वाचन महत्वपूर्ण अवसर भएको उहाँको तर्क छ । नेता पराजुलीले मतदातालाई लोकतान्त्रिक मूल्य, सत्य र संवैधानिक व्यवस्थाको पक्षमा उभिन आग्रहसमेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘गलत प्रवृत्तिका विरुद्धमा जनता जागेका हुन् । असत्यको प्रवृत्तिका विरुद्धमा जनता जागेका हुन् । त्यसो भएको कारण यो निर्वाचन असत्यलाई पराजित गर्नको निम्ति र मुलतः ओलीहरुको प्रवृत्तिहरुलाई हराउनका निम्ति निर्वाचन भइरहेको हो भन्ने कुरा हामीले छुटाउनु हुँदैन । जुन प्रवृत्ति पछिल्लाो समय देशमा देखा पर्यो यो निर्वाचनबाट त्यो प्रवृत्ति परास्त हुन्छ । यो निर्वाचनबाट संविधान र व्यवस्थाको संरक्षण गर्ने राजनीतिक दलहरुलाई निर्वाचनबाट जनातले स्थापित गर्नेछन् भन्ने ठानेको छु ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रामप्रसाद भट्टराईले जेनजी छानबिन समितिको प्रतिवेदन सार्वजनिक नभएको विषयमा सरकार, छानबिन समिति र एमालेबीच बार्गेनिङ भएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो । भट्टराईले निर्वाचनअघि प्रतिवेदन सार्वजनिक भए केही नेताको नाम आउने सम्भावना रहेको भन्दै त्यसै कारण प्रतिवेदन रोकिनुको आशंका रास्वपाले गरेको बताउनु भयो । भट्टराईले भदौ २४ को बिध्वंसभन्दा पहिले भदौ २३ आएको विषयलाई नबिर्सन आग्रह गर्दै केही राजनीतिक दलले जेनजी विद्रोहलाई आतंकवादको संज्ञा दिएकोप्रति आपत्ति जनाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जेन–जी छानविन समितिको रिपोर्ट सार्वजनिक नहुनुमा कतै बार्गेनिङ त भइरहेको छैन भन्ने शंका रास्वपालाई छ । यो सरकार, छानविन समिति र एमालेको बीचमा कुनै बार्गेनिङ पो छ कि ? निर्वाचनभन्दा अगाडि छानविन प्रतिवेदन आयो भने तिनै नेता देखिने भएको कारण प्रतिेवेदन सार्वजनिक भइरहेको छैन । एउटा झण्डा जलाएको कुरामा त यस्तो गरिरहेका छन् उनीहरुकै नेतालाई जेल पुया¥यो भने त निर्वाचन हुन के दिन्थे ? त्यसकारण भाद्र २२ पहिला आएको भन्ने कुरा हामीले बिर्सिनु हुँदैन । तर धिक्कार छ यो देशमा यस्ता पार्टीहरु पनि छन् जसले जेनजी विद्रोहलाइृ आतंकवाद देख्छ ।’

उहाँले निर्वाचनबाट आफ्नो पार्टीले बहुमत ल्याउने दाबी पनि गर्नुभयो ।


प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?