Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

बालेनलक्षित ओलीको कटाक्षः बच्चाबच्चीलाई सोध्यो भनेपनि प्रधानमन्त्री बनिदिन्छु भन्नसक्छ


नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केहीले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको बताउनुभएको छ । बालेन्द्र साहप्रति लक्षित गर्दै ओलीले बच्चाबच्चीले भनिदिएजस्तो केहीले आफूहरुलाई प्रधानमन्त्री घोषणा गरिदिएको भन्दै कटाक्ष गर्नु भएको हो । सोमवार झापामा आयोजित चुनावी सभामा बोल्दै उहाँले प्रधानमन्त्री पदलाई ख्याल गर्ने जिम्मेवारीको रुपमा नलिन पनि सचेत गराउनु भयो । उहाँले आफूले सरकारको नेतृत्व लिँदा गरेका कामहरु पूरा गर्नका लागि निर्वाचनमा उम्मेदवारी दिएको पनि बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो,‘मलाई सरकारबाट हटाएपछि ड्राईभरविनाको गाडीजस्तो हुन्छ देश । म सरकारमा आउने वित्तिकै फेरि देश कुद्छ । मैले सरकार छोडेपछि फेरी देश जहाँको त्यही बस्छ । यही हुने गरेको छ । म सुन्छु–प्रधानमन्त्रीको क्यान्डिडेट भन्ने मान्छेले तपाईहरुले बच्चाबच्चीलाई सोध्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ । तर त्यो बच्चा भईहाल्ने त होइन नि । उसले आफूलाई घोषणा गर्दियो । यस्तै मान्छेहरुलाई लाग्यो–ख्यालख्याल जस्तो । तर यस्तो होइन । ’ अध्यक्ष ओलीले आफूले सरकार छोडेपछि देशको हालत ड्राईभरले गाडी छोडेजस्तो हुने जिकिर समेत गर्नुभयो । उहाँले सरकारको नेतृत्वमा रहँदा मुलुकको समृद्धिका लागि अभियान नै सञ्चालन गरेको दाबी समेत गर्नुभयो । देशलाई समृद्ध बनाउनका लागि एमालेको विकल्प नभएकाले आसन्न निर्वाचनमा नेपाली जनताले एमालेलाई मतदान गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केहीले आफूलाई ख्यालख्यालैमा प्रधानमन्त्री घोषणा गरेको बताउनुभएको छ ।

बालेन्द्र साहप्रति लक्षित गर्दै ओलीले बच्चाबच्चीले भनिदिएजस्तो केहीले आफूहरुलाई प्रधानमन्त्री घोषणा गरिदिएको भन्दै कटाक्ष गर्नु भएको हो । सोमवार झापामा आयोजित चुनावी सभामा बोल्दै उहाँले प्रधानमन्त्री पदलाई ख्याल गर्ने जिम्मेवारीको रुपमा नलिन पनि सचेत गराउनु भयो । उहाँले आफूले सरकारको नेतृत्व लिँदा गरेका कामहरु पूरा गर्नका लागि निर्वाचनमा उम्मेदवारी दिएको पनि बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो,‘मलाई सरकारबाट हटाएपछि ड्राईभरविनाको गाडीजस्तो हुन्छ देश । म सरकारमा आउने वित्तिकै फेरि देश कुद्छ । मैले सरकार छोडेपछि फेरी देश जहाँको त्यही बस्छ । यही हुने गरेको छ । म सुन्छु–प्रधानमन्त्रीको क्यान्डिडेट भन्ने मान्छेले तपाईहरुले बच्चाबच्चीलाई सोध्यो भने, तिमी के हुने भन्यो भने उसले प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ । तर त्यो बच्चा भईहाल्ने त होइन नि । उसले आफूलाई घोषणा गर्दियो । यस्तै मान्छेहरुलाई लाग्यो–ख्यालख्याल जस्तो । तर यस्तो होइन । ’

अध्यक्ष ओलीले आफूले सरकार छोडेपछि देशको हालत ड्राईभरले गाडी छोडेजस्तो हुने जिकिर समेत गर्नुभयो । उहाँले सरकारको नेतृत्वमा रहँदा मुलुकको समृद्धिका लागि अभियान नै सञ्चालन गरेको दाबी समेत गर्नुभयो । देशलाई समृद्ध बनाउनका लागि एमालेको विकल्प नभएकाले आसन्न निर्वाचनमा नेपाली जनताले एमालेलाई मतदान गर्नुपर्ने अध्यक्ष ओलीको भनाई थियो ।


प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?