७ श्रावण, बुटवल । बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भएको थियो । खनालको असार १३ गते प्रोष्टेटको शल्यक्रिया गरिएको थियोे । लामो समयदेखि बुटवल वडा नं ७ शिवनगरमा स्थायीरुपमा बस्दै
७ श्रावण, म्याग्दी । म्याग्दीका विभिन्न स्थानमा १३ पक्की पुल निर्माण भएका छन् । जिल्लाका ग्रामीण बस्तीलाई सहरसँग जोड्ने गरी सडकको पहुँच पुर्याउने उद्देश्यले गण्डकी प्रदेश र सङ्घ सरकारको लगानीमा १३ पक्की पुल निर्माण भएका हुन् । प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले
७ श्रावण, चितवन । बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आठ करोड खर्च गरेर यही असार १६ गतेदेखि स्वास्थ्य कार्यालयको
७ श्रावण, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ । नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए
७ श्रावण, पोखरा । पोखराको अति व्यस्त चोकमध्ये पर्छः पृथ्वीचोक । पोखरा प्रवेश गर्ने र ओलर्नेहरुको जमघट यहीँ हुन्छ । त्यतिमात्र होइन, बसपार्क, तरकारीको होलसेल, सस्तो बजार, सङ्घ, संस्थाका कार्यालय र व्यापारिक मलसमेत यहीँ छन् । आइतबारबाट पृथ्वीचोक सडकको दुबैतिर पार्किङ गर्न रोकिएको छ भने स्थानीय सार्वजनिक सवारीलाई पिक एन्ड ड्रपमात्र
७ श्रावण, सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कानाकामा नेपाल टेलिकमको जिएसएम सेवा सञ्चालन भएको छ । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्कानाकामा पहिलोपटक टेलिकमले जिएसएम (टुजी) सेवा विस्तार गरेको हो । सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित भएका छन् । किमाथाङ्कामा टेलिकमले शुक्रबारदेखि जिएसएम सेवा विस्तार गरेको दूरसञ्चार प्राधिकरण
७ श्रावण, भोजपुर । पूर्वी पहाडी जिल्ला भोजपुरमा हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको छ । समयमा पानी नपरेको र लम्की स्किनबाट गोरु मरेपछि रोपाइँ प्रभावित भएको हो । कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख गणेश खत्रीले जिल्ला हालसम्म ६५ प्रतिशतमात्र धान रोपाइँ भएको बताए । उनका अनुसार गत वर्ष अहिलेको
७ श्रावण, मुगु । मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार साथै यहाँ रहेका सरकारी तथा गैरसरकारी सङ्घसंस्था प्रभावित भएका हुन् । गत असार २७ गतेदेखि गमगाढ साना
७ श्रावण, कैलाली । कैलालीको चुरे पहाडसँग जोडिएको गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पछिल्लो समय फडानी गरिएको छ । सामुदायिक वनका अध्यक्ष कैलाश विकसहितका पदाधिकारी, केही वनका कर्मचारीको मिलेमतोमा वन फडानी भएको आरोप स्थानीयवासीले लगाएका छन् । फडानीमा संलग्न भएको आरोपमा वन उपभोक्ता समितिका सदस्य कर्णबहादुर विक र टेकराज
७ श्रावण, महोत्तरी । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माथि कुटपिट भएको छ । प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादवमाथि महोत्तरीमा कुटपिट भएको हो । कुटपिटबाट यादव घाइते भएका छन् । उनलाई शुक्रबार राती १० बजे जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा घाइते अवस्थामा फेला पारी अस्पताल लगिएको