Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

दुर्गम किमाथाङ्कामा पहिलोपटक जिएसएम सेवा सञ्चालन


७ श्रावण, सङ्खुवासभा । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१ किमाथाङ्कानाकामा नेपाल टेलिकमको जिएसएम सेवा सञ्चालन भएको छ । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोला–१ किमाथाङ्कानाकामा पहिलोपटक टेलिकमले जिएसएम (टुजी) सेवा विस्तार गरेको हो । सेवा सञ्चालन भएपछि स्थानीयवासी लाभान्वित भएका छन् ।

किमाथाङ्कामा टेलिकमले शुक्रबारदेखि जिएसएम सेवा विस्तार गरेको दूरसञ्चार प्राधिकरण कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले जानकारी दिए । उनका अनुसार प्रतिकूल मौसम तथा कठिन भूगोल भएका कारण सेवा सञ्चालमा समय लागेको हो ।

भोटखोलाका केही क्षेत्रका स्थानीयले नेपाल टेलिकमको सिडिएमए सेवा र चिनियाँ सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । टेलिकमले जिएसएम सेवा सञ्चालन गरेपछि किमाथाङ्कानाकामा स्थानीयले खुसी व्यक्त गरेका छन् । भोटखोला–२ को सिम्बोक्पडाँडामा रिपिटर टावर निर्माण गरेर चाँडै फोरजी सेवा विस्तार गरिने प्रमुख राईले बताए । भोटखोला सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल दूरीमा पर्दछ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?