Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

नहरमा भेटियो शव, महाकाली नदीमा हाम फालेका युवकको खोजी जारी


७ श्रावण, कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक शव भेटिएको छ । नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहरी निरीक्षक भरतराज गिरीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए ।

यसैबीच भीमदत्त नगरपालिका–१३ दोधारा चादँनी झोलुङ्गे पुलबाट महाकाली नदीमा हाम फालेका युवकको प्रहरीले खोजी गरिरहेको छ ।  कृष्णपुर नगरपालिका–६ का २८ वर्षीय जनक भट्टले गए राति नौ बजे झोलुङ्गे पुलबाट हाम फालेका थिए ।

डिएसपी डाँगीका अनुसार भट्टसंगै झोलुङ्गे पुल पुगेका अर्का एक युवकलाई घटनाबारे अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । उनको खोजीमा सुरक्षाकर्मी र रेडक्रसको टोली खटिएको छ ।


प्रकाशित मिति: ७ श्रावण २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?