२७ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहको निर्देशनसँगै सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर उठ्न छोडेको छ । महानगरको तर्फबाट फोहोर नउठेपछि राष्ट्रपति कार्यालयले फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध समेत गरेको छ । शीतल निवास र त्यस वरपरको क्षेत्रबाट परिवर्तन सेवा प्रालिले
२७ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले तत्काल काठमाडौँ महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक बैठकमा उनले कुनै विलम्ब र आग्रह नगरिकन कामपासँग छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सुझाव दिए । “सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस्
२७ चैत्र, काठमाडाैँ । काठमाडौँ उपत्यकामा ट्राफिक बत्तीको मर्मत सुरु गरिएको छ । सडक विभाग, सडक सुरक्षा तथा ट्राफिक शाखाले उपत्यकाका १९ चोकमा ‘अपरेसन एण्ड मेन्टेनेन्स’ कार्यक्रम अन्तर्गत मर्मत अघि बढाएको हो । उपत्यकाका विभिन्न स्थानमा विभिन्न समयमा जडान भएको ट्राफिकबत्ती मर्मत भइरहेको शाखाकी इञ्जिनियर आश्मा न्यौपानेले बताए । उनका अनुसार
२७ चैत्र, म्याग्दी । समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा ।चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा उक्लिएर नजर लगाउँदा राताम्यै फुलेका लालीगुराँस देखिनुपर्ने हो यतिबेला । यो वर्ष चैतको अन्तिम साताको आइतबार बेलढुङ्गा पुग्दा राताम्यै लालीगुराँस होइन ओइलिएर
२७ चैत्र, तनहुँ । उच्च अदालत पाटनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ । आइतबार उच्च अदालत पाटनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार दिएकी गुरुङलाई चेक अनादर मुद्दामा
२७ चैत्र, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ नम्बर वडामा रहेका तीन वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भइ उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कारको घोषणा गरिएको छ । सिङ्गापुर पुलिसबाट सेवानिवृत रघुगङ्गा गाउँपालिका–३ पिप्लेको घोटडाँडा घर भई हाल काठमाडौँ बसोबास गर्दै आएका कमल शाहीले यस वर्षको एसइईमा ‘ए’ प्लस र
२७ चैत्र, जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको हो । गत फागुन ४ गतेपछि प्रदेशसभा बैठक बस्न सकेको थिएन । राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचनका कारण पनि प्रदेशसभा बैठक बस्न सकेको थिएन । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका
२७ चैत्र, कैलाली । धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । सुपप्र ०१००१ ज १४२३ नम्बरको जीप दुर्घटनामा घाइते भएका चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका
२७ चैत्र, कञ्चनपुर । विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले आइतबार अवरोध गरेको हो । हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई माथि कुरा
२७ चैत्र, बाँके । बाँकेको जानकी गाउँपालिकास्थित बनियाँगाउँको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा खानेपानीको अभाव भएको छ । विद्यालयमा आवश्यक पूर्वाधारको समेत अभाव रहेको छ । खानेपानी अभावले सास्ती भएको कक्षा ५ मा अध्ययनरत अञ्जनी कुम्हार बताउँछन् । “विद्यालयमा शौच गर्न सधैँ समस्या हुन्छ, पानीको व्यवस्था छैन्”, उनले भने । कक्षा कोठा