Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

मेयर बालेनको निर्देशनसँगै सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर उठेन


२७ चैत्र, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन साहको निर्देशनसँगै सिंहदरबार, राष्ट्रपति भवन र मन्त्री क्वार्टरको फोहोर उठ्न छोडेको छ ।

महानगरको तर्फबाट फोहोर नउठेपछि राष्ट्रपति कार्यालयले फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध समेत गरेको छ ।

शीतल निवास र त्यस वरपरको क्षेत्रबाट परिवर्तन सेवा प्रालिले फोहोर सङ्कलन गर्ने गरेको थियो । सोमबार राष्ट्रपति कार्यालयले सोही संस्थालाई फोहोर उठाउनका लागि अनुरोध सहित फोन गरेको हो ।

तर, परिवर्तन सेवाले भने महानगरको निर्देशनबिना फोहोर उठाउन नसकिने जवाफ फर्काएको छ ।

गत शनिबार सामाजिक सञ्जालमार्फत मेयर बालेनले सिंहदरबारको फोहोर नउठ्ने जानकारी दिएका थिए ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?