Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

राप्रपाकी उम्मेदवार गुरुङलाई कैद सजाय, तनहुँको चुनावी सभा स्थगित


२७ चैत्र, तनहुँ । उच्च अदालत पाटनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।

आइतबार उच्च अदालत पाटनले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार दिएकी गुरुङलाई चेक अनादर मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाइएको हो ।

अदालतले गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै १० लाख रुपियाँ भराउने तथा तीन दिन कैद सजाय सुनाएको छ । न्यायाधीशहरू ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले गुरुङलाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपियाँ भराउने आदेश गरेको हो ।

थप ४० हजार रुपियाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत भएको उच्च अदालतले जनाएको छ । यो फैसलाविरुद्ध गुरुङले सर्वोच्च अदालतमा पुनरावेदन दिन पाउँनेछिन् ।

कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका सहसचिव यज्ञ भट्टराईले कुनै मुद्दा अन्तिम अदालतबाट फैसला नभएसम्म व्यक्ति दोषी ठहर भएकै आधारमा उम्मेदवारीबाट वञ्चित नहुने प्रतिक्रिया दिए ।

सहसचिव भट्टराईले भने, ‘‘फैसला अन्तिम भइसकेको वा त्यो मुद्दा हेर्ने अन्तिम अदालतबाट फैसला हुँदा दोषी ठहर भएको अवस्थामा तोकिएका मुद्दाका कसुरदार मात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने हुन् भट्टराईले भन्नुभयो फैसला अन्तिम नभएको अवस्थामा उम्मेदवारी बदर हुँदैन ।’’

कैद सजाय भएको फैसला भएसँगै राप्रापा तनहुँले चैत २९ गते दमौली गर्ने सभा स्थगित गरेको छ । सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रविन्द मिश्र, ज्ञानेन्द्र शाहीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम थियो । विशेष कारणवश कार्यक्रम स्थगित गरिएको राप्रपा तनहुँले जनाएको छ ।


प्रकाशित मिति: २७ चैत्र २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?