Trending
>>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली >>   नेपालका बाढीपीडितको सम्झनामा फ्राङ्कफर्टमा दीप प्रज्वलन >>   ‘युरेनियम, रणनीतिक र रेडियोधर्मी खनिजमा विभागले अहिलेसम्म अनुमति दिएको छैन’- नापित >>   प्रधानमन्त्री साहलाई गगन थापाको सुझाव– महासभामा नेपालको जलवायु मुद्दा प्रमाणसहित उठाउनू >>   ‘अमेरिकी दलालहरुले ३५ वर्षमा केही पनि गरेनन् भन्ने भाष्य निर्माण गरेर जनतालाई भ्रमित पारे’
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली समाधान होइनः उपमहासचिव ज्ञवाली


काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली उपयुक्त समाधान नभएको बताएका छन् ।

बुधवार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले अयोजना गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पपुलिजमको आधारमा कुनै पार्टी सत्तामा पुगेर गैरजिम्मेबार ढंगले प्रश्तुत हुँदा ठूला समस्या देखिने गरेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीका बारेमा गम्भीर भएर छलफल र बहस गर्नुपर्ने बताउदै भारतमा स्थापित संसदीय प्रणालीले एउटै दल र एकै व्यक्ति तीन पटकसम्म सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेको भन्दै नेपालको भूराजनीतिक अवस्थाका लागि पनि वर्तमान प्रणाली सही रहेको दाबी गरेका छन् । संसदीय व्यवस्थामा हजारौँ कमी कमजोरी भएपनि सन्तुलन र नियन्त्रणका लागि उपयुक्त र बलियो हतियार भएको उनको भनाइ छ ।

उनले भने, ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति एकमात्र समाधान हो भन्ने ढंगले बहस ग¥यौँ भने हामी केही वर्षमा प्रणाली परिवर्तनमा समाधान गर्न जान्छौँ । त्यसका केही प्लस प्वाइन्ट पनि होलान् तर नेपाल जस्तो भूराजनीतिक अवस्थामा त्यो पनि पपुलिजमको त्यत्रो हावा चलिरहेको बेला एउटा पपुलिस्ट शक्ति गैरजिम्मेबार भएर नेतृत्वमा पुग्दा के हुँदो रहेछ भन्ने युक्रेनको ताजा तस्बिर हेरी रहेको अवस्थामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति नै समाधान हो भन्ने ढंगले बहसमा जाने कुरामा गम्भीर छलफल गर्नुपर्छ, त्यो नै समाधान हो भन्ने मलाई लाग्दैन । संसदीय व्यवस्थाका हजार कमजोरीहरु छन् तर योसँग नियन्त्रण र सन्तुलनको एउटा बलियो हतियार छ । र त्यसैभित्र पनि भारतका कतिपय कुरामा हाम्रा सहमती छैनन् होला त्यहाँको राजनीतिक आर्थिक प्रणालीसँग तर संसदीय व्यवस्था भित्रै पनि लगातर एउटै पार्टीले तीन कार्यकाल जित्न सक्ने एउटै प्रधानमन्त्रीले तीन कार्यकाल चलाउन सक्ने स्थिति पनि बन्दो रहेछ । त्यसकारण स्थायित्वका निम्ति राष्ट्रपति प्रणाली नै एकमात्र समाधान हो भन्ने मलाई लाग्दैन । यसमा गम्भीर भएर छलफल गरौँ यद्यपी संविधानमा संशोधन र सुधार गर्ने ठाउँहरु छन् ।’

उपमहासचिव ज्ञवालीले प्रणाली परिवर्तनबाट मात्रै समाधान खोज्ने र परिवर्तन गर्ने हो भने अर्को १० वर्षपछि अर्को प्रणालीमा जाऔँ भन्ने स्थिति हुने बताएका छन् ।


प्रकाशित मिति: २८ फाल्गुन २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?