Trending
>>   अमेरिका–चीन व्यापार वार्ता सकारात्मकः संयुक्त राष्ट्र संघ >>   लिबियाको त्रिपोलीमा झडप हुँदा ६ जनाको मृत्यु >>   नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव प्रभातफेरी (तस्बिरहरु) >>   काठमाडौंको मखनटोलमा भिषण आगलागी, एक जनाको मृत्यु >>   आज मिति २०८२ साल वैशाख ३१ गते बुधबार ,हेर्नूहोस् आजको राशिफल >>   २० बुँदे घोषणा पत्र जारी गर्दै प्रेस युनियनको लोमानथाङ अन्तर्राष्ट्रिय मिडिया समिट सम्पन्न >>   १० महत्वपूर्ण बानीहरु जसले तपाइँलाई सफलताको उचाईमा पुर्याउँछ ! >>   औषधि लिमिटेडको औषधि तीन तहमै उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयद्वारा सहजीकरण समिति गठन >>   गभर्नरको विषयलाई सरकारले राजनीतिकरण गर्यो : वर्षमान पुन >>   बजेट निर्माणको प्रेसर अवधिमा छौं, आयोगका सुझावहरूलाई सकेसम्म सम्बोधन गर्छौंः अर्थमन्त्री पौडेल
Logo
१ जेष्ठ २०८२, बुधबार
१ जेष्ठ २०८२, बुधबार

विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार


पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन् । भवन निर्माण सम्पन्न भएपछि जनशक्ति र औषधि उपकरणको अभाव रहे पनि अस्पतालले विशेषज्ञ चिकित्सकसहित सेवा दिन थालेपछि सेवाग्राहीमा खुसी भएका हुन् । भर्खरै मात्र ५० शय्याको भवन निर्माण सम्पन्न भएको सो अस्पतालमा अहिले जेनरल सर्जरी डा प्रान्जलचन्द्र पौडेल, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा देउमान लिम्बू, एनेस्थेसियोलिष्ट एण्ड क्रिटिकल केयर डा गणेश वनलाई विशेषज्ञ चिकित्सकका रुपमा अस्पतालले नियुक्ति दिएको हो ।

अब नयाँ विशेषज्ञ चिकित्सक आएपछि अस्पतालबाट हाडजोर्नी तथा नशारोग ओपिडी सेवा, हाडजोर्नी रोगसम्बन्धी शल्यक्रिया सेवा, जनरल सर्जन ओपिडी सेवा, जनरल सर्जरीसम्बन्धी शल्यक्रिया सेवा र एनेस्थेसिया सेवा उपलब्ध गराउन थालिएको पाँचथर अस्पताल विकास समितिका अध्यक्ष रामराज आङदेम्बेले बताउनुभयो । पूर्वी पहाडी जिल्लाका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भइरहेका बेला केही जनशक्ति व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । अहिले अस्पतालमा चार विशेषज्ञ चिकित्सक रहेका छन् । जिल्ला अस्पताल व्यवस्थापन समिति आफैँले खर्च व्यहोर्ने गरी हाडजोर्नी तथा नशारोग विशेषज्ञ राखिएको छ ।

यस्तै छात्रवृत्तिमा रहेका दुई चिकित्सकलाई अस्पतालले थप सुविधा दिएर राखेको छ । अहिले अस्पतालमा जेनेरल सर्जन, एनेस्थेसियोलिष्ट तथा क्रिटिकल केयर विशेषज्ञ रहेका छन् । अपस्ताल प्रमुख भने एमडीजिप हुन् । पचास शय्याको अस्पतालको भवन भए पनि अझै १५ शय्याकै मात्र दरबन्दी रहेको छ । यस्तै अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति नहुँदा सञ्चालन हुनसकेको छैन । स्रोत र जनशक्ति भएमा आइसीयू , इन्डोस्कोपी, ल्याबकोली , फिजियोथेरापी सेवा सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ । अहिले जिल्ला अस्पतालबाट निःशुल्क नवजात शिशुरोग, निःशुल्क प्रसूति, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, एकद्धार लैङ्गिक संकट व्यवस्थापन, निःशुल्क सुक्षित गर्भपतनलगायतका सेवाहरू सञ्चालन भइरहेको अस्पतालका हेल्थ असिस्टेन्ट सोमनाथ दङ्गालले बताउनुभयो ।

पाँचथर, ताप्लेजुङ, तेह्रथुम आठराई गाउँपालिकाको केन्द्रका रूपमा रहेको पाँचथर अस्पतालबाट यी सेवा नहुँदा यस क्षेत्रका नागरिक तराईका सुविधासम्पन्न अस्पतालमा जान बाध्य थिए । न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण पूर्वी पहाडि जिल्ला पाँचथरको सबैभन्दा विकट तथा दुर्गम रहेको याङवरक गाउँपालिका–२ को बर्मेगाउँमा रहेको तिम्बुपोखरी आधारभूत विद्यालयमा अध्यनरत विद्यार्थीलाई शनिबार चिसोबाट बच्न न्यानो कपडा तथा शैक्षिक सामग्री प्रदान गरिएको छ । जिल्लामा क्रियाशील संस्था जनसेवा समाज पाँचथरको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाँचथरको समुदाय–प्रहरी साझेदार कार्यक्रमअन्तर्गत ती विद्यार्थीलाई चिसोबाट बच्न ती सामग्री प्रदान गरिएको हो ।

चिसोको समयमा हिउँ पर्ने त्यस भेगमा रहेको उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयमै लगेर स्वीटर, टाउजर, टोपी, मोजा तथा स्टेशनरी सामग्री वितरण गरिएको जनसेवा समाज पाँचथरका अध्यक्ष राजेन्द्र अधिकारीले बताउनुभयो । अन्यन्तै विकट रहेको उक्त विद्यालयमा यातायातका साधन पनि नपुग्ने पैदलयात्रा गर्नुपर्ने, हिँड्ने गोरेटो बाटो पनि अप्ठ्यारो र भिरको यात्रा गर्नुपर्ने रहेको छ ।


प्रकाशित मिति: २४ पुष २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?