Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ


चितवन। सहज, पहुँचयोग्य र सहुलियत दरमा स्पाइनल इन्जुरीका बिरामीहरूलाई पुनस्र्थापना सेवा दिने उद्देश्यले ‘स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर, चितवन युनिट’ औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

चितवनको नारायणगढ न्युरोडमा स्पाइनल इन्जुरी संघ नेपाल (सिया) द्वारा सञ्चालित यो चितवन युनिट संघको दोस्रो ठूलो केन्द्र हो । यसअघि काभ्रेको साँगामा २४ वर्षदेखि सञ्चालित केन्द्रले सफलतापूर्वक सेवा दिँदै आएको छ । मुलुकको मध्य भाग र पूर्व–पश्चिम राजमार्गको केन्द्रबिन्दुमा रहेको चितवनमा यो केन्द्र स्थापना भएसँगै मध्य नेपालका स्पाइनल इन्जुरी तथा न्युरोलोजिकल समस्या भएका बिरामीहरूलाई काठमाडौं वा साँगा धाउनुपर्ने बाध्यता अब हट्ने अपेक्षा गरिएको छ । केन्द्रले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूलाई अस्पतालमा आधारित हेरचाह, पुनस्र्थापना तथा समुदायमा पुनर्एकीकरणको समग्र सेवा प्रदान गर्नेछ।

समुदाय–आधारित पुनस्र्थापना मोडलका लागि चर्चित यो संस्थाले चितवन युनिटमार्फत मध्य नेपालमा पुनस्र्थापनाको नयाँ मापदण्ड कायम गर्ने लक्ष्य राखेको जनाएको छ । स्पाइनल इन्जुरी संघ नेपालले देशका विभिन्न भागमा यस्ता सेवा विस्तार गर्ने योजनासहित चितवनबाट दोस्रो ठूलो युनिट शुरु गरेको हो ।–


प्रकाशित मिति: २० मंसिर २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?