Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

पीडितको उद्धारपछि सुनिल शर्मा : सरकारसँग गरे १० लाखको स्वास्थ्य बीमा माग


काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्याउनुपर्ने बताएका छन् ।

शुक्रवार भक्तपुरको कौशलटारस्थित पुलमुनि बस्दै आएको इलामका एक व्यक्तिलाई उद्धार गरी अस्पतालमा उपचार गर्न लैजाने क्रममा उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पाँचदेखि १० लाखसम्म पुर्याउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् । आफूले यसबारेमा सार्वजनिक महत्वको प्रश्ताव नै संसदमा दर्ता गरिसकेको उनको भनाइ छ । वर्तमान सरकारले पनि यसबारेमा उचित कदम चाल्नुपर्ने उनको आग्रह छ । उपचार नपाएर तड्पिएका नागरिकहरु नेपालमा हजारौँको संख्यामा रहेको भन्दै यो समस्या सरकारीस्तरबाटै समाधान हुनुपर्ने जिकिर गरेका छन्। राज्यको नीतिबाटै उनीहरुको स्वास्थ्योपचारको ग्यारेन्टी हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपालीहरुको स्थिति यस्तो छ भनेर नेपालका शासक वर्गले स्वास्थ्य बीमा कार्यक्रमलाई पाँचदेखि १० लाखसम्म पुर्याउनुपर्छ भनेर मैले सदनमा सार्वजनिक महत्वको प्रश्ताव नै दर्ता गरेको हो । अहिलेको सरकारलाई पनि आह्वान गर्न चाहन्छु, लाखौँको संख्यामा नेपाली जनताको अवस्था घर भएपनि गरिबी र आततायी अवस्था भएको लाखौँको संख्यामा नागरिकहरु छन् । यो सरकारीस्तरबाटै समाधान हुनुपर्छ । हामीले दुई,चार हजार मान्छे बोकेर हल हुँदैन । राज्यको नीतिले नै हल गर्नुपर्छ, यस्तो समस्या ।’

उनले एक हजार शैय्याको निःशुल्क उपचार गर्ने अस्पताल निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । शुक्रवार शर्माले भक्तपुरको कौशलटारस्थित हनुमन्ते खोलाको पुलमुनि बस्दै आएका इलामका एक नागरिकको पेट सुन्निएको र उपचार गर्न नसकेको भन्दै उनलाई केएमसी अस्पताल लगेर उपचार शुरु गरेका हुन् । उक्त व्यक्तिको पेट सुन्निएको एक हप्ता भइसकेकाले उपचार जरुरी रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?