Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

पीडितको उद्धारपछि सुनिल शर्मा : सरकारसँग गरे १० लाखको स्वास्थ्य बीमा माग


काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनिल शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई १० लाख पुर्याउनुपर्ने बताएका छन् ।

शुक्रवार भक्तपुरको कौशलटारस्थित पुलमुनि बस्दै आएको इलामका एक व्यक्तिलाई उद्धार गरी अस्पतालमा उपचार गर्न लैजाने क्रममा उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई पाँचदेखि १० लाखसम्म पुर्याउनुपर्ने अहिलेको आवश्यकता भएको उल्लेख गरेका छन् । आफूले यसबारेमा सार्वजनिक महत्वको प्रश्ताव नै संसदमा दर्ता गरिसकेको उनको भनाइ छ । वर्तमान सरकारले पनि यसबारेमा उचित कदम चाल्नुपर्ने उनको आग्रह छ । उपचार नपाएर तड्पिएका नागरिकहरु नेपालमा हजारौँको संख्यामा रहेको भन्दै यो समस्या सरकारीस्तरबाटै समाधान हुनुपर्ने जिकिर गरेका छन्। राज्यको नीतिबाटै उनीहरुको स्वास्थ्योपचारको ग्यारेन्टी हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपालीहरुको स्थिति यस्तो छ भनेर नेपालका शासक वर्गले स्वास्थ्य बीमा कार्यक्रमलाई पाँचदेखि १० लाखसम्म पुर्याउनुपर्छ भनेर मैले सदनमा सार्वजनिक महत्वको प्रश्ताव नै दर्ता गरेको हो । अहिलेको सरकारलाई पनि आह्वान गर्न चाहन्छु, लाखौँको संख्यामा नेपाली जनताको अवस्था घर भएपनि गरिबी र आततायी अवस्था भएको लाखौँको संख्यामा नागरिकहरु छन् । यो सरकारीस्तरबाटै समाधान हुनुपर्छ । हामीले दुई,चार हजार मान्छे बोकेर हल हुँदैन । राज्यको नीतिले नै हल गर्नुपर्छ, यस्तो समस्या ।’

उनले एक हजार शैय्याको निःशुल्क उपचार गर्ने अस्पताल निर्माण गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । शुक्रवार शर्माले भक्तपुरको कौशलटारस्थित हनुमन्ते खोलाको पुलमुनि बस्दै आएका इलामका एक नागरिकको पेट सुन्निएको र उपचार गर्न नसकेको भन्दै उनलाई केएमसी अस्पताल लगेर उपचार शुरु गरेका हुन् । उक्त व्यक्तिको पेट सुन्निएको एक हप्ता भइसकेकाले उपचार जरुरी रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?