Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

औषधि व्यवसायीद्वारा स्वास्थ्यमन्त्री गौतमको आलोचना


काठमाडौँ। औषधि व्यवसायीहरुले आफूहरुको माग सुनुवाई नगरेको भन्दै सरकारको आलोचना गरेका छन् ।

सोमवार पनि काठमाडौंको नयाँबानेश्वरस्थित औषधि व्यवस्था विभागको कार्यालयमा धर्ना दिन पुगेका उनीहरुले आफूहरुको माग सुनुवाई नगरेको र धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरिएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतम र गृहमन्त्री ओमप्रकाश अर्यालको आलोचना गरेका हुन् । सरकारले आफूहरुको मागको सुनुवाई गर्नुको साटो शान्तिपूर्ण रुपमा धर्नामा बस्ने अधिकार समेत हनन गरेको भन्दै औषधि व्यवसायी गोपालराज पाण्डेले आपत्ति जनाएका छन् । उनले आफूहरुको माग तत्काल सुनुवाई नगरे सबै व्यवसाय बन्द गरेर सडक संघर्षमा आउन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

व्यवसायी पाण्डेले भने,‘स्वास्थ्यमन्त्रीज्युले थाहा पाउँदा पाउँदै पनि विभागीय प्रमुखको कुरा सुनेर हामीहरुलाई बेवास्ता गर्नुभयो भने यसको असर देशव्यापी रुपमा हुन्छ । हामीलाई कुनै दल र समूहसँग नजोड्नु होला । हामीलाई अरुसँग मतलव छैन । हामीलाई अध्यादेशमार्फत काम गर्न सहज हुनेगरी कानून बनाइयोस् भन्ने हाम्रो कुरा हो । हामीलाई गृहमन्त्रीले शान्तिपूर्ण प्रदर्शन पनि गर्न नपाउनेगरी प्रहरी परिचालन गरिएको छ । यो भनेको त राज्यले हामीलाई दोस्रो दर्जाको नागरिक बनाउन खोेजेको होइन र ?’

औषधि व्यवसायीहरुले व्यवसायिक नविकरण ढिला भएमा स्वतः व्यवसाय रद्ध हुने लगायतका प्रावधान हटाउन सरकारसँग माग गर्दै सो विभागको कार्यालयमा दैनिक धर्ना दिँदै आएका छन् । व्यवसायी पाण्डेले सरकारले आफूहरुको माग सम्बोधन गर्नुको सट्टा शान्तिपूर्ण रुपमा धर्नामा बस्न पनि नदिने गरी प्रहरी परिचालन गरेकाले प्रतिवादमा उत्रनुपर्ने अवस्था आएको बताएका छन् ।


प्रकाशित मिति: १५ मंसिर २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?