Trending
>>   कुलमानलाई हटाउने वा नहटाउने भन्ने विषयमा उहाँको जवाफ पर्खिरहेका छौँः ऊर्जामन्त्री >>   ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउन वामदेवको चेतावनी >>   जनतालाई खुशी दिन नसक्दा राजतन्त्र मागको आन्दोलन भयोः नेता कोईराला >>   विद्यार्थीको भविष्य अन्योल पार्ने काम नगरौँः नेशनल प्याब्सन >>   विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन्ः वामदेव गौतम >>   राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको छः मन्त्री दाहाल >>   इफाप्का नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउने कडी हुनुपर्छः अध्यक्ष सिंह >>   नेपालमा मल कारखाना स्थापनाका लागि बजेट विनियोजन भएको छैनः मन्त्री अधिकारी >>   दलित समुदायमाथि राज्यले हेप्ने काम गर्यो : पदमबहादुर परियार >>   उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा अघि बढेका छौँः सभामुख…
Logo
२३ फाल्गुन २०८१, शुक्रबार
२३ फाल्गुन २०८१, शुक्रबार

देश विकास सरकारको प्रमुख लक्ष्य हो : मन्त्री पाण्डे


ढोरपाटन । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले वर्तमान सरकारको प्रमुख लक्ष्य विकास भएको बताएका छन् । आज बिहान नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको बताए ।

वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार भएको उल्लेख गर्दै उनले पर्यटनको विकासबाट देशलाई आर्थिक विकासको बाटोमा अग्रसर गराउन सकिने बताए । पृथक प्रसङ्गमा उनले सत्ता साझेदार दलबीच कुनै समस्या नभएको तथा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान सरकार बनेको बताए ।

बागलुङ कालिका, पञ्चकोट र मुक्तिनाथ क्षेत्रका कारण धौलागिरि अञ्चलमा धार्मिक पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना रहेको मन्त्री पाण्डेले बताए ।


प्रकाशित मिति: १९ माघ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?