Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

नेपालमा मल कारखाना स्थापनाका लागि बजेट विनियोजन भएको छैनः मन्त्री अधिकारी


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा मल कारखानका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरिएको बताएका छन् ।

शुक्रवार राष्ट्रिय सभाको बैठकमा सदस्यहरुको प्रश्नको जवाफ दिने क्रममा बोल्दै उनले गत आर्थिक वर्षको बजेटमा सार्वजनिक–निजी लगानीमा मल कारखाना स्थापना गर्ने भनिए पनि चालु आर्थिक वर्षको बजेटमा उक्त विषय उल्लेख नभएको बताउदै मल कारखाना स्थापनाका लागि ठूलो लगानी र पूर्वाधार आवश्यक पर्ने बताएका छन् । लगानी, पूर्वाधार विकास र बजार व्यवस्थापन लगायतका विषयमा सम्बन्धित निकाय तथा विदेशी संस्थामार्फत अध्ययन भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘आर्थिक वर्ष २०८०÷८१ को बजेटमा बुँदा नम्बर ८९ मा स्वदेशमै रासायिनिक मल कारखाना स्थापना गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी लगानीमा लगानी बोर्डमार्फत काम अघि बढाइने छ भनी उल्लेख थियो । तथापी ८१÷८२ को बजेटमा यो समबन्धी विषय उल्लेख भएको छैन । साथै चालु आर्थिक वर्ष ०८१÷८२ मा समेत मल कारखान स्थापनाका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कुनै बजेट विनियोजन भएको छैन । नेपाल सरकारको कार्य विभाजनको नियामावली २०७४ को अनुसार उद्योग स्थापना सम्बन्धी विषय उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयसँग सम्बन्धित रहेको देखिन्छ । रासायनिक कल कारखाना धेरै ठुलो लगानी पूर्वाधार विकास र बजार व्यवस्थापनलगायतका विषयसँग सम्बन्धित भएकाले सो सम्बन्धमा अर्थ मन्त्रालय, लगानी बोर्ड तथा विदेशी संस्थाहरुमार्फत विभिन्न चरणमा अध्ययन भएको छ ।’

मन्त्री अधिकारीले विक्रम संवत २०७२ मा जाइकाले ७२ अर्ब लगानी गरी वार्षिक ७ लाख मेट्रिक टन मल उत्पादन हुने भन्ने पूर्व सम्भाव्यता अध्ययन गरिएको बताए । चालु आर्थिक वर्षमा ग्लोबल ग्रिन ग्रोथ इस्न्टिच्युट जिजिजी र काठमाडौं विश्वाविद्यालयले ग्रिन युरियाको कारखाना स्थापना गर्न सकिने सम्बन्धमा अध्ययन भएको उनको भनाइ छ ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?