Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

कुलमानलाई हटाउने वा नहटाउने भन्ने विषयमा उहाँको जवाफ पर्खिरहेका छौँः ऊर्जामन्त्री


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कुलमान घिसिङलाई हटाउने वा नहटाउने विषयमा सरकारले सोधेको प्रश्नको जवाफ पर्खिरहेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा हल बाहिर पत्रकारहरुसँग बोल्दै मन्त्री खड्काले कुलमान घिसिङले विद्युत प्राधिकरणलाई नाफामा लगेको विषय सही हो वा होइन भन्ने छानविन गरेपछि थाहा हुने बताएका छन् । भारतले आफ्नो आवश्यकता हुँदा हुँदै नेपाललाई विद्युत दिएर सहयोग गरेको हिसाबले सोच्नुपर्ने बताउदै अहिले पनि एक हजार मेगावाट विद्युत भारतबाट आयात भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘हट्नु हुन्छ कि हुन्न त्यो छलफलको विषय बाँकी छ, उहाँको उत्तर आएपछि भनौला नि, उत्तर पर्खिरहेका छौँ । आज पनि एक हजार मेगावाट भन्दा बढी विद्युत हामीले भारतबाटै आयात गरिरहेका छौँ । बेच्नेले बेच्दिनु पर्यो नि त, उहाँहरुको पनि आवश्यकता छ । उहाँहरुको आवश्यकता हुँदा हुँदै नेपालको सहयोगका लागि दिएको भन्ने पनि सम्झिनु पर्छ । त्यो पछि छानविनपछि थाहा हुन्छ । कर्मचारीहरु र सबैले अनुशासित र मर्यादित हुनुपर्छ ।’

कुलमान घिसिङको प्रगति विवरणमा शुन्य अंक पाएको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री खड्काले कर्मचारीहरु अनुशासित र मर्यादित हुनुपर्ने बताए ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?