Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

कुलमानलाई हटाउने वा नहटाउने भन्ने विषयमा उहाँको जवाफ पर्खिरहेका छौँः ऊर्जामन्त्री


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कुलमान घिसिङलाई हटाउने वा नहटाउने विषयमा सरकारले सोधेको प्रश्नको जवाफ पर्खिरहेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा हल बाहिर पत्रकारहरुसँग बोल्दै मन्त्री खड्काले कुलमान घिसिङले विद्युत प्राधिकरणलाई नाफामा लगेको विषय सही हो वा होइन भन्ने छानविन गरेपछि थाहा हुने बताएका छन् । भारतले आफ्नो आवश्यकता हुँदा हुँदै नेपाललाई विद्युत दिएर सहयोग गरेको हिसाबले सोच्नुपर्ने बताउदै अहिले पनि एक हजार मेगावाट विद्युत भारतबाट आयात भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘हट्नु हुन्छ कि हुन्न त्यो छलफलको विषय बाँकी छ, उहाँको उत्तर आएपछि भनौला नि, उत्तर पर्खिरहेका छौँ । आज पनि एक हजार मेगावाट भन्दा बढी विद्युत हामीले भारतबाटै आयात गरिरहेका छौँ । बेच्नेले बेच्दिनु पर्यो नि त, उहाँहरुको पनि आवश्यकता छ । उहाँहरुको आवश्यकता हुँदा हुँदै नेपालको सहयोगका लागि दिएको भन्ने पनि सम्झिनु पर्छ । त्यो पछि छानविनपछि थाहा हुन्छ । कर्मचारीहरु र सबैले अनुशासित र मर्यादित हुनुपर्छ ।’

कुलमान घिसिङको प्रगति विवरणमा शुन्य अंक पाएको विषयमा पत्रकारहरुले राखेको जिज्ञासामा मन्त्री खड्काले कर्मचारीहरु अनुशासित र मर्यादित हुनुपर्ने बताए ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?