Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

दलित समुदायमाथि राज्यले हेप्ने काम गर्यो : पदमबहादुर परियार


काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले राज्यका विभिन्न अङ्गले नै दलित समुदायमाथि हेप्ने र दबाउने काम गरेको आरोप लगाएका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले दलित समुदायको सन्दर्भमा नेपाली समाज र नेपाल सरकार अझै पनि प्रगतिशिल र लोकतान्त्रिक नभएको जिकिर गरेका छन् । उनले सांसदहरुले नै दलित समुदायमाथि विभिन्न सन्दर्भमा होच्याउने र हिनतावोध गराउने गरेको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘केही दिन अगाडि हामी सांसदहरु बसेको ठाउँमा दलित समुदायकै भएको प्रसंगमा यो जातै यस्तै हो भनेर हामीहरुले नै बोलेको कुरामा साक्षी बन्नु पर्ने परिस्थिति आयो । यस्ता घटनालाई निचोडको रुपमा हेर्दा अहिले पनि नेपाली समाज, हामीहरु र हाम्रो सरकार दलित समुदायको सन्दर्भमा अहिले पनि प्रगतिशिल र लोकतान्त्रिक हुन नसकेको यी घटनाहरुले देखाउँछ ।’

राष्ट्रिय सभा सदस्य परियारले विभिन्न जिल्लामा दलितमाथि भएका दुव्र्यवहारको अन्त्यका लागि राज्यले न्यायसंगत कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?