Trending
>>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा >>   सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन >>   अमेरिकी सेनाद्वारा भेनेजुएलाको तटमा दोस्रो तेल ट्याङ्कर कब्जा >>   प्रधानमन्त्री कार्की र लामिछानेबीच भेटवार्ता: निर्वाचनको सुनिश्चितता र ‘जेन-जी’ को माग सम्बोधन गर्न आग्रह >>   फागुन २१ मा निर्वाचन अनिवार्य, संवैधानिक राजसंस्थाले केही फरक पर्दैनः गगन थापा >>   जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं >>   बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन >>   योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

दलित समुदायमाथि राज्यले हेप्ने काम गर्यो : पदमबहादुर परियार


काठमाडौँ। राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद पदमबहादुर परियारले राज्यका विभिन्न अङ्गले नै दलित समुदायमाथि हेप्ने र दबाउने काम गरेको आरोप लगाएका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले दलित समुदायको सन्दर्भमा नेपाली समाज र नेपाल सरकार अझै पनि प्रगतिशिल र लोकतान्त्रिक नभएको जिकिर गरेका छन् । उनले सांसदहरुले नै दलित समुदायमाथि विभिन्न सन्दर्भमा होच्याउने र हिनतावोध गराउने गरेको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘केही दिन अगाडि हामी सांसदहरु बसेको ठाउँमा दलित समुदायकै भएको प्रसंगमा यो जातै यस्तै हो भनेर हामीहरुले नै बोलेको कुरामा साक्षी बन्नु पर्ने परिस्थिति आयो । यस्ता घटनालाई निचोडको रुपमा हेर्दा अहिले पनि नेपाली समाज, हामीहरु र हाम्रो सरकार दलित समुदायको सन्दर्भमा अहिले पनि प्रगतिशिल र लोकतान्त्रिक हुन नसकेको यी घटनाहरुले देखाउँछ ।’

राष्ट्रिय सभा सदस्य परियारले विभिन्न जिल्लामा दलितमाथि भएका दुव्र्यवहारको अन्त्यका लागि राज्यले न्यायसंगत कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?