Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

इफाप्का नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउने कडी हुनुपर्छः अध्यक्ष सिंह


काठमाडौँ। निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा विकास निर्माणका कामहरुको प्रभावकारिता बढाउन निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एशियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघ (इफाप्का)को मञ्च प्रयोग गर्न जरुरी रहेको बताएका छन् ।

शुक्रवार काठमाडौं आयोजित इफाप्काका अध्यक्षसहितका प्रतिनिधिसँगको भेटपछि कुराकानी गर्दै अध्यक्ष सिंहले इफाप्काको आउँदो कन्फ्रेन्सबाट नेपालको पहिचान अन्तर्राष्ट्रिय रुपमा बढाउन सकिने बताएका छन् । उनले इफाप्काको सहयोग नेपालले महासंघका अन्य सदस्य राष्ट्रहरुबाट सहयोग लिन र आफूसँग भएको सहयोग दिने कडीको रुपमा स्थापित हुनसक्ने विश्वास लिएका छन् ।

उनले भने, ‘एशियाली तथा पश्चिमी प्रशान्त ठेकेदार संघहरूको अन्तर्राष्ट्रिय महासंघबाट हामीले लिनसक्ने फाइदा भनेको अन्तर्राष्ट्रियस्तरमा नेपाललाई पहिचान बढाउने र नेपालमा भएका समस्याहरुलाई संसारभरी पु¥याउनका लागि पनि यस महासंघको माध्यमबाट सम्भव हुन्छ । यसबाट हामीले इफाकाका सदस्य राष्ट्रलाई हामीले के कुराहरु दिनसक्छौं र अन्य मुलुकबाट हामीले के के कुरा लिनसक्छौं भनेर यो एउटा कडी हुनसक्छ र हुनुपर्छ भन्ने धारणाअनुसार हामी अगाडि बढीरहेका छौं । र त्यही कडीलाई सार्थक बनाउनको लागि इफाका सम्मेलनमात्र गरेर सदस्य राष्ट्रहरुको सम्बन्ध सुधार गर्ने काममा मात्र सिमित नराखिकन एकअर्कालाई आर्थिक रुपमा प्रभावित पार्ने र विकास निर्माणलाई प्रभावकारी बढाउनको लागि हामीले इफाकाको मञ्चलाई प्रयोग गर्नुपर्छ ।’

सिंगापुरमा हुने इफाप्काको कन्फ्रेन्सको लागि निम्ता दिन निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय छाता संस्था एशियाली र पश्चिमी प्रशान्त ठेकेदार संघको अन्तर्राष्ट्रिय महासंघका प्रतिनिधिहरु नेपाल आएका हुन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?