Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउन वामदेवको चेतावनी


काठमाडौँ। राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संसद बाहिर शक्ति खोज्नु भनेको नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन बढी नोक्सानतर्फ लैजाने काम भएको टिप्पणी गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउन समेत चेतावनी दिएका छन् । अहिले सिंगो मुलुक नै संघीय संसदमा रहेको उल्लेख गर्दै नेपाली जनताको भावना समेत ससदमै रहेको उनको भनाइ छ ।

उनले भने, ‘राजा रहनु बेठिक हो । म फेरि पनि भन्छु तपाई राजगद्दी छोडेर जनता बन्नुस्, पार्टी खोल्नुस् । जनताको बीचमा गएर प्रधानमन्त्री भएर देखाउनुस् । राजावादीले चाहेर हुने वा नहुने भन्ने विषय होइन । नेपाली जनताले निर्णय गर्ने हो । कुनै वादी भएर पनि टुंगो लाग्दैन । अहिले नेपाल कहाँ छ त भन्दा हाम्रो देशको संसदमा छ । यो संसदमा दुई वटा सदन छन् । हाम्रो देशको शक्ति पनि यही छ, भावना पनि यही छ । राम्रो काम गरेपनि नराम्रो काम गरेपनि जनताको प्रतिनिधि संस्था भनेको संघीय संसद नै हो । संसदबाहिर शक्ति खोज्ने काम नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन बढी नोक्सानतर्फ लैजाने काम मात्रै हो ।’

उनले अहिलेको नेतृत्वले आफ्नो सिद्धान्त, परम्परा विपरित प्रधानमन्त्री हत्याउनकै लागि जुनसुकै दलहरुसँग मिल्ने प्रवृत्तिको विकास भएको बताएका छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?