Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउन वामदेवको चेतावनी


काठमाडौँ। राष्ट्रिय सभा सदस्य एवं नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले संसद बाहिर शक्ति खोज्नु भनेको नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन बढी नोक्सानतर्फ लैजाने काम भएको टिप्पणी गरेका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्किने सपना त्याग्दै पार्टी खोलेर प्रधानमन्त्री भएर देखाउन समेत चेतावनी दिएका छन् । अहिले सिंगो मुलुक नै संघीय संसदमा रहेको उल्लेख गर्दै नेपाली जनताको भावना समेत ससदमै रहेको उनको भनाइ छ ।

उनले भने, ‘राजा रहनु बेठिक हो । म फेरि पनि भन्छु तपाई राजगद्दी छोडेर जनता बन्नुस्, पार्टी खोल्नुस् । जनताको बीचमा गएर प्रधानमन्त्री भएर देखाउनुस् । राजावादीले चाहेर हुने वा नहुने भन्ने विषय होइन । नेपाली जनताले निर्णय गर्ने हो । कुनै वादी भएर पनि टुंगो लाग्दैन । अहिले नेपाल कहाँ छ त भन्दा हाम्रो देशको संसदमा छ । यो संसदमा दुई वटा सदन छन् । हाम्रो देशको शक्ति पनि यही छ, भावना पनि यही छ । राम्रो काम गरेपनि नराम्रो काम गरेपनि जनताको प्रतिनिधि संस्था भनेको संघीय संसद नै हो । संसदबाहिर शक्ति खोज्ने काम नेपाललाई टुक्र्याउने, नेपाली जनताको अपमान गर्ने र राष्ट्रलाई झन बढी नोक्सानतर्फ लैजाने काम मात्रै हो ।’

उनले अहिलेको नेतृत्वले आफ्नो सिद्धान्त, परम्परा विपरित प्रधानमन्त्री हत्याउनकै लागि जुनसुकै दलहरुसँग मिल्ने प्रवृत्तिको विकास भएको बताएका छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?