काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले तराई–मधेशका हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको दाबी गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसदहरु सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले सुरुङ निर्माणमा समेत उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै निर्माण सम्पन्न भइ सञ्चालनमा आउने दाबी गर्दै उनले सडक दुर्घटना न्युनिकरण गर्न सडक विभाग, यातायात व्यवस्था विभाग एवं सडक सुरक्षा परिषद्मार्फत विभिन्न कार्यहरु गरिएको उल्लेख गरेका छन् । उनले भाडादर समेत स्वचालित हुनेगरी व्यवस्था गरिएको बताए ।
उनले भने, ‘सुरुङ निर्माणमा उल्लेखनीय प्रगति भइरहेको छ र छिट्टै निर्माण कार्य सम्पन्न भइ सञ्चालनमा आउने छ । तराई मधेशका जनतालाई सुविधा दिनको लागि निर्माण गरिएको हुलाकी राजमार्ग लगायत राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न सरकारले उच्च प्रथाकिमताका साथ काम गरिरहेको छ ।’
मन्त्री दाहालले सडक तथा पूवार्धार निर्माणका कामलाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार