Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरण निर्माण गर्ने दिशामा अघि बढेका छौँः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले नेपाल उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा इकोनोमिक मिडिया एशोसिएशन नेपाल(इमान) को दोस्रो वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले नेपाल संक्रमणकालीन अर्थतन्त्रको चरण पार गरेर उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको बताए । उनले विगतका आर्थिक नीतिहरुलाई परिमार्जन गर्दै नयाँ सम्भावनाहरु खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य हुनु अति आवश्यक रहेको बताएका छन् ।

सभामुख घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा बन्देज लगाउने काम नहुने जिकिर गर्दै कुनैपनि कानूनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पुर्याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु नहुने बताएका छन् ।

सभामुख घिमिरेले भने, ‘प्रेस स्वतन्त्रतामाथि कुनैपनि हालतमा बन्देज लगाउने काम हुँदैन र हुनेछैन । म यो मञ्च्बाट स्पष्ट भन्न चाहन्छु की सञ्चारसम्बन्धी कुनैपनि कानूनी व्यवस्था संविधानप्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरित जानु हुँदैन । कुनैपनि कानूनले पत्रकारिताको स्वतन्त्र अभ्यासमा अवरोध पु¥याउने, सूचनाको पहुँच रोक्ने वा पारदर्शीतालाई कमजोर पार्ने प्रयत्न गर्नु हुँदैन । संसद यस्ता कानून निर्माण गर्दा लोकतान्त्रिक मूल्य, मान्यता र प्रेस स्वतन्त्रताको अन्तर्राष्ट्रिय मान्यतालाई आत्मसाथ गर्नेकुरामा पूर्ण प्रतिवद्धता जाहेर गर्दछ । नेपाल संक्रमणकालीन अर्थतन्त्रको चरण पार गर्दै उद्योग, पूर्वाधार विकास, वित्तीय स्थायित्व र लगानीमैत्री वातावरणको निर्माण गर्ने दिशामा अगाडि बढिरहेको छ । विगतका आर्थिक नीतिहरुलाई परिमार्जन गर्दै नयाँ सम्भावनाहरु खोज्ने क्रममा सरकार, निजी क्षेत्र, वित्तीय संस्था र सञ्चार क्षेत्रबीच सुदृढ सहकार्य हुनु अति आवश्यक छ ।’

सभामुख घिमिरेले नेपालको दिगो आर्थिक समृद्धि हाँसिल गर्न स्थिर नीति, लगानीमैत्री वातावरणमा पारदर्शी वित्तीय प्रणाली र नविनतम प्रविधिको समुचित प्रयोग जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?