Trending
>>   प्रतिनिधिसभा निर्वाचनको पछिल्लो परिणाम : प्रत्यक्षमा रास्वपाको भारी जित, समानुपातिकमा पनि अग्रता >>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला
Logo
२६ फाल्गुन २०८२, मंगलवार
२६ फाल्गुन २०८२, मंगलवार

विद्यार्थीको भविष्य अन्योल पार्ने काम नगरौँः नेशनल प्याब्सन


काठमाडौँ। निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) का नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

शुक्रवार केन्द्रिय कार्यालय कुपण्डोल ललितपुरमा पदभार ग्रहण गरेका हुन् । पर्साको वीरगञ्जमा सम्पन्न महाधिवेशनले नेशनल प्याब्सनको अध्यक्षमा गीता राणालाई चयन गरेको थियो । अध्यक्ष राणासहितको नयाँ कार्यसमितिलाई आज पदभार ग्रहण गरिएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष राणाले सरकारसँग सहकार्य गरेर निजी विद्यालयहरुको हकहित र पठनपाठन सहज बनाउने कुरामा प्राथमिकता दिने बताएका छन् । निजी विद्यालयको आवश्यकता समाज र देशका लागि आवश्यकता रहेको र एक कमदम अघि बढेर काम गर्ने बताए। निजी विद्यालय सहज तरिकाले सञ्चालन हुन पाउनुपर्नेमा आफूहरुको जोड रहने बताउदै विद्यार्थीको भविष्य अन्योल पार्ने काम कसैले गर्न नहुने स्पष्ट पारेका छन् ।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षहरूमा ज्ञानेन्द्रमोहन भट्टराई, सूर्यबहादुर अधिकारी, बृजेन्द्र मिश्र, सुबोध डाँगी र कमल बहादुर सिंह चयन भएका छन् । उपाध्यक्षमा तिलकबहादुर चौहान, कुमारबहादुर भट्टराई, डम्बरबहादुर कार्की, कुसुम रानाभाट, कृष्णकुमार उप्रेती, धर्मराज रेग्मी, डा नन्दन यादव चयन भएका छन् । महासचिवमा प्रतापबहादुर थापा र कोषाध्यक्षमा कुवेर बस्नेत चयन भएका छन् । कृष्णप्रसाद पौडेल र बमदेव न्यौपाने उपमहासचिव चयन भएका छन् । सहकोषाध्यक्षमा महेन्द्र पुन र शिवदत्त तिवारी चयन भएका छन् । केन्द्रिय सचिवमा अलि महमद अन्सारी, राजु रोकाया, राजु पाण्डे, विक्रम ढुकुछु, प्रकाश गैरे, इन्द्रदेव शाह, सन्तबहादुर तामाङ, चूडामणि बुढाथोकी, श्यामबहादुर कुँवर र तेन्जी भोटिया निर्वाचित भएका छन् । सदस्यमा रामप्रसाद अधिकारी, काशीनाथ कोईराला, रामप्रसाद पाण्डे, रविनप्रसाद पौडेल, चन्द्रनारायण मण्डल, राज कार्की, रामकृष्ण विक, मेतिबुल राइन, श्याम पार्की (कौनी), युवराज शाही, गायत्री राना, खेमराज कोइराला, सीता चौधरी, रामबाबुप्रसाद कुशवाहा, रमेश अधिकारी, निता श्रेष्ठ, रामबाबु सिंह कोइरी, ई. विनय श्रेष्ठ, नारायणप्रसाद ढकाल, राजेश्वर तिवारी, नरेश अचार्य र जितबहादुर केसी चयन भएका छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?