Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन्ः वामदेव गौतम


काठमाडौँ। राष्ट्रिय सभा सदस्य वामदेव गौतमले विकास निर्माणका काममा कुनैपनि शासकले ख्याल नगरेको आरोप लगाएका छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै उनले नेपाल भूकम्पीय जोखिमको केन्द्रमा रहेको बताउंदै नेपालमा हरेक २४ घण्टामा जाने कुनै न कुनै प्रकारका भूकम्पले भौतिक तथा मानवीय क्षति हुने गरेको जिकिर गरेका छन् । उनले नदी किनार तथा पहाडको फेदीबाट निर्माण भएका सडकमा भूकम्पकै कारण क्षति हुने गरेको र हजार्रौ सर्वसाधारण प्रभावित हुने गरेको बताए ।

उनले भने, ‘नेपाल भूकम्पको केन्द्र भागमा रहेको छ । नेपालमा हरेक २४ घण्टामा कुनै न कुनै भूकम्पीय धक्का प्रकट हुने गरेको छ । उपरोक्त अवस्थालाई खास गरी विकास र निर्माणको कामलाई अगाडि बढाउँदा नेपालले कुनै प्रकारको नजरअन्दाज गर्न मिल्दैन । तर नेपालको यो भूगर्भिक संवेदनशिलतालाई आज र अगाडिका कुनैपनि शासकले ख्याल गरेनन्, वास्ता गरेनन् । नेपालका उत्तर दक्षिण र पूर्व–पश्चिममा जाने सडकहरु नदी किनारको भूभागमा बनाइएको छ । यसरी सडक बनाउँदा निरन्तर भूकम्पीय धक्काले जम्न नपाएको माटो र गिट्टी सहितको पहाडका पाखोलाई काटिएका छन् । भूकम्पीय धक्काले यस्ता ठाउँमा पहिरो जान्छ ।’

उनले नेपालमा दैनिक कुनै न कुनै प्रकारका भूकम्प जाने गरेको भन्दै विकास निर्माणका काममा संवेशनशिल भएर अगाडि बढ्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: २३ फाल्गुन २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?