Trending
>>   सेयर बजार गिरावटको दबाबबीच नीतिगत बहस, सोमबार बजार सुधारतर्फ कि थप दबाबतर्फ? >>   रविलाई गगनको जवाफः काँग्रेस प्रशिक्षित नेताहरूले नै रास्वपा धानेका छन् >>   संविधान संशोधन सत्ताको गणित वा स्वार्थको विषय बन्नु हुँदैनः विश्वप्रकाश शर्मा >>   अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने >>   शिक्षा ऐनमा बालकेन्द्रित तथा खेलकुदमा आधारित सिकाई प्रणालीलाई प्राथमिकता दिनुपर्छः सभापति शेरचन >>   संसदमा सत्ताको छायाँ पर्‍यो, सरकार स्वेच्छाचारी र तानाशाही बाटोतर्फ उन्मुख:एमाले >>   काँग्रेस इतर पक्ष लक्षित रविको टिप्पणीः ‘कचकच गर्ने’ नेताहरूलाई छोडिदिनु नै उचित >>   काँग्रेसको आत्मा वीपी–गणेशमानकै पथमा छ, अब शैली र संस्कार बदल्नुपर्छः गगन थापा >>   लोकतन्त्र जोगाउन दलहरू एक हुनुपर्छः महासचिव पोखरेल >>   ‘देश अध्यारो सुरुङतर्फ जाँदैछ, निषेधको राजनीति त्यागेर राष्ट्रिय सहमति खोजौँ’:राजेन्द्र लिङदेन
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

विदेशी मुलुकसँगको संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशका लागि संसदीय मैत्री समूह गठन


काठमाडौँ । सभामुख देवराज घिमिरेले विदेशी मुलुकसँगको संसदीय सम्बन्धलाई थप बलियो बनाउने गरी अघि बढ्न संसदीय मैत्री समूहका संयोजकहरुसँग आग्रह गरेका छन् ।

बिहीवार सिंहदरबारमा संसदीय मैत्री समूहका संयोजकहरुसँगको छलफलका क्रममा उनले संसदीय मैत्री समूहका संयोजकहरुसँग यस्तो आग्रह गरेका हुन् । उनले नेपालको संसदले विभिन्न ४१ देशका संसदसँग सम्बन्ध बिस्तारका लागि संसदीय मैत्री समूह बनाइ संयोजकसमेत तोकिसकेको र बाँकी ३ वटा संसदीय मैत्री समूहको संयोजक छिटै तोक्ने जानकारी दिएका छन् ।

उनले नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ, नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा, नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा चन्दा कार्की र नेपाल–भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरीलाई तोकिएको बताएका हुन् ।

त्यस्तै नेपाल—संयुत्तः राज्य अमेरिका संसदीइ मैत्री समूहको संयोजकमा डा. प्रकाशशरण महत, नेपाल—अस्ट्रेलिया संसदीय मैत्री समूहको संयोजकमा गगनकुमार थापा, नेपाल—बेलायत संसदीय मैत्री समूहको संयोजकमा विराजभक्त श्रेष्ठ, नेपाल—जापान संसदीय मैत्री समूहको संयोजकमा डा.नारायण खड्का, नेपाल—चीन संसदीय मैत्री समूहको संयोजकमा नारायणकाजी श्रेष्ठ छन् ।

उनले भने , ‘नेपाल र संयुक्त अरब इमिरेट्सको मैत्री समूहको संयोजकमा सीता गुरुङ हुनुहुन्छ, जो नेपाली काँग्रेसको प्रतिनिधित्व गर्नुहुन्छ । नेपाल र साउदीअरब संसदीय मैत्री समूहको संयोजकमा उदय शमशेर राणा,नेपाली काँग्रेसकै दलबाट प्रतिनिधित्व गर्नुहुन्छ । नेपाल–आयरल्याण्ड संसदीय मैत्री समूहको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, नेपाली काँग्रेस । नेपाल–अजरबैजान संसदीय दलको समूहको नेतृत्व डा. अञ्जान शाक्य, नेकपा एमाले । नेपाल–कतार संसदीय मैत्री समूहको संयोजकमा लिलानाथ श्रेष्ठ, नेकपा एमाले । नेपाल–जर्मनी ससदीय मैत्री समूह कृष्णगोपाल श्रेष्ठ, नेकपा एमाले । नेपाल–नर्वे संसदीय मैत्री समूहको सयोजकमा डा चन्दा कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी । नेपाल–भूटान संसदीय समूह सुशीला सिर्पाली ठकुरी, नेकपा ( माओवादी केन्द्र) । नेपाल–इण्डोनेसियन संसदीय मैत्री समूह रामप्रकाश चौधरी गरेर ४१ समूहका संयोजकहरु सकिएको छ । बाँकी तीन समूह बनाइसकेका छौँ । संयोजकमा केही मिलाउन बाँकी छ । सकेसम्म चाँडो मिलाउनेछौँ ।’

सभामुख घिमिरेले संसदीय मैत्री समूहले आफ्नो तोकिएको मुलुकसँगको सम्बन्ध विकास गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?