Trending
>>   देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँः परराष्ट्रमन्त्री राणा >>   कर्मचारीका पार्टीगत ट्रेड युनियन हटाउन काँग्रेस–एमाले सहमत >>   माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैनः विप्लप >>   नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यकः जनार्दन शर्मा >>   सवारी तथा यातायात व्यवस्था (दशौँ सशोधन) नियमावली, २०८१ स्वीकृत >>   मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँः प्रधानमन्त्री ओली >>   अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली >>   पोखरा विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भयोः क्यान महानिर्देशक अधिकारी >>   पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पर्यटनमन्त्री बस्यालको आह्वान >>   विदेशी मुलुकसँगको संसदीय सम्बन्ध बलियो बनाउन ४४ देशका लागि संसदीय मैत्री समूह गठन
Logo
११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट छैनः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुलुकका दुई ठूला पार्टी मिलेर बनेको सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले नेपाली काँग्रेस र नेकपा एमाले समिकरणमा संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको बताउदै यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न नसके अर्को बलियो र फरक परिस्थितिको अनुमान गर्न सक्ने अवस्था नभएको बताएका छन् । उनले दुई ठूला पार्टी मिलेर बनेको सरकारले काम नगरेर अर्को विकल्पको सरकार बनेर काम गर्नसक्छ भन्ने आशा गर्नसक्ने स्थिति नभएको र दुई ठूला पार्टी मिलेर सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण बताउदै उनले एकिकृत स्वरुप निर्माण भएपछि जनताले अपेक्षा गरेका काम नगर्ने छुट वर्तमान सरकारलाई नभएको उल्लेख गरेका छन्।

उनले भने,‘ नेपाली काँग्रेस र नेकपा एमाले समिकरणमा सरकार बनेको छ । संसदको झन्डै दुईतिहाई बहुमतको सरकार बनेको छ । यो सरकारले पनि आम नागरिकको अपेक्षाकृत रुपमा काम गर्न सकेन भने अब यो भन्दा बलियो र फरक परिस्थितिको अनुमान गर्नसक्ने त्यसले रिजल्ट दिन सक्छ भनेर आशा गर्न सक्ने स्थिति हुन सक्दैन । त्यसैले सरकार बन्नु आफैँमा राजनीतिक शक्तिहरुको एकीकृत स्वरुप निर्माण हुनु हो । एकिकृत स्वरुप निर्माण भएपछि निर्वाचित कमिटिले भेलिभर गर्नुपर्छ । नगर्ने छुट हुँदैन । वर्तमान सरकार पनि असफल हुन्छ भने अन्य कसले गर्न सक्छ ? कोबाट अपेक्षा गर्न सकिन्छ । सरकारको जस्तै अहिले पत्रकार महासंघमा पनि परिस्थिति बनेको छ । चुनौती पूर्ण सफलता प्राप्त भएको छ । त्यही अनुसार अघि बढ्नुपर्छ । पत्रकार महासंघको वर्तमान नेतृत्वले पत्रकारको पेशागत,मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी छ ।’

उनले सरकारको जस्तै पत्रकार महासंघमा पनि त्यही परिस्थिति बनेको भन्दै चुनौती पूर्ण सफलतालाई पत्रकारको पेशागत,मर्यादा र योगदानलाई निरन्तरता दिने वातावरण बनाउन जरुरी रहेको बताएका छन्।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?