Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

पोखरा विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भयोः क्यान महानिर्देशक अधिकारी


काठमाडौँ । कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भएको बताएका छन् ।

उनले अब पोखरा विमानस्थलबाट उडान शुरु गरेर अर्को व्यापारको थालनी गर्न जरुरी रहेको बताएका छन् । उनले दुई वर्षअघि नै निर्माण सम्पन्न भइसकेको विमानस्थल सञ्चालन गर्ने सवालमा कमीमजोरीहरु भएको स्वीकार गरेका छन् ।

उनले विमानस्थलको बारेमा अनेकन भ्रम र टिकाटिप्पणीहरुलाई चिर्न आवश्यक रहकोमा अन्तर्राष्ट्रिय उडान सफल भएसँगै सबै विवादहरु स्वतः खारेज भएको बताएका छन् ।

उनले भने , ‘प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेको व्यापार बन्द भयो । अब हामीले पोखराबाट अन्तर्राष्ट्रिय उडान शुरु गरेर अर्को व्यापार शुरु गर्नुपर्ने भयो । पोखरा विमानस्थल खासगरि २०३२ सालदेखि जग्गा अधिग्रहण गरेर राखिएको थियो । ४० वर्षसम्म पनि बन्न सकेको अवस्था थिएन । त्यसका लागि सरकार ४० वर्षपछि थप जग्गा अधिग्रहण ग¥यो । चीन सरकारको ऋण सहयोगमा विमानस्थल बन्यो । २०२३ जनवरी १ मा यो विमानस्थल विधिवत रुपमा सञ्चालनमा पनि आयो । तर हामीले नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्न नसकेको कुरो साचो हो । यसमा अनेक टिकाटिप्पणीहरु पनि भए । यस भ्रमलाई हामीले चिर्न आवश्यक थियो । अहिले अन्तरराष्ट्रिय उडानहरु सफल ढंगले सम्पन्न भएपछि सबै विवादहरु खारेज भएको अवस्था छ ।’

कार्यक्रम आयोजक नाट्टाले अन्नपूर्ण, धौलागिरी लगायत विश्व विख्यात पदयात्रा मार्गहरुको प्रवेशद्वार पोखरा नै भएको उल्लेख गर्दै नियमित उडान सञ्चालन गर्नसके पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?