Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

पोखरा विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भयोः क्यान महानिर्देशक अधिकारी


काठमाडौँ । कार्यक्रममा बोल्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थलको प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेहरुको व्यापार बन्द भएको बताएका छन् ।

उनले अब पोखरा विमानस्थलबाट उडान शुरु गरेर अर्को व्यापारको थालनी गर्न जरुरी रहेको बताएका छन् । उनले दुई वर्षअघि नै निर्माण सम्पन्न भइसकेको विमानस्थल सञ्चालन गर्ने सवालमा कमीमजोरीहरु भएको स्वीकार गरेका छन् ।

उनले विमानस्थलको बारेमा अनेकन भ्रम र टिकाटिप्पणीहरुलाई चिर्न आवश्यक रहकोमा अन्तर्राष्ट्रिय उडान सफल भएसँगै सबै विवादहरु स्वतः खारेज भएको बताएका छन् ।

उनले भने , ‘प्राविधिक पक्षलाई नकारात्मक विषय बनाएर हल्ला गर्नेको व्यापार बन्द भयो । अब हामीले पोखराबाट अन्तर्राष्ट्रिय उडान शुरु गरेर अर्को व्यापार शुरु गर्नुपर्ने भयो । पोखरा विमानस्थल खासगरि २०३२ सालदेखि जग्गा अधिग्रहण गरेर राखिएको थियो । ४० वर्षसम्म पनि बन्न सकेको अवस्था थिएन । त्यसका लागि सरकार ४० वर्षपछि थप जग्गा अधिग्रहण ग¥यो । चीन सरकारको ऋण सहयोगमा विमानस्थल बन्यो । २०२३ जनवरी १ मा यो विमानस्थल विधिवत रुपमा सञ्चालनमा पनि आयो । तर हामीले नियमित रुपमा अन्तरराष्ट्रिय उडान गर्न नसकेको कुरो साचो हो । यसमा अनेक टिकाटिप्पणीहरु पनि भए । यस भ्रमलाई हामीले चिर्न आवश्यक थियो । अहिले अन्तरराष्ट्रिय उडानहरु सफल ढंगले सम्पन्न भएपछि सबै विवादहरु खारेज भएको अवस्था छ ।’

कार्यक्रम आयोजक नाट्टाले अन्नपूर्ण, धौलागिरी लगायत विश्व विख्यात पदयात्रा मार्गहरुको प्रवेशद्वार पोखरा नै भएको उल्लेख गर्दै नियमित उडान सञ्चालन गर्नसके पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?