Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

देशभित्रका समस्या समाधानका लागि दुई ठूला राजनीतिक दल मिलेका हौँः परराष्ट्रमन्त्री राणा


काठमाडौ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा सुशासन स्थापित गर्न दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताएकी छिन् ।

बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री देउवाले सरकारले नागरिकका मुद्दाहरुमा काम गरिरहेको बताउदै उनले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउँदा धेरैले आलोचना गरेपनि अहिले सरकारले गरेका कामहरुबाट खुशी भएको उल्लेख गरेकी छिन् ।

उनले नागरिकका समस्यासँग अहिलेको सरकार राम्रोसँग जानकार रहेको र समाधानको काम गरिरहेको उल्लेख गर्दै देशमा आएका संकटहरुको समाधानका लागि काँग्रेस र एमाले मिलेर सरकार बनाएको बताइन् । उनले वर्तमान सरकारले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि पनि उल्लेख्य काम गरिरहेको र जलवायु परिवर्तनसँग सम्बन्धित लस एण्ड ड्यामेज फण्ड र क्लाइमेट फाइनान्सको प्राप्तिका लागि कर्मचारीतन्त्रबाट बढी सक्रियतापूर्वक काम हुनुपर्ने बताएकि छिन् ।

उनले भनिन्, हाम्रो दुई वटा दल मिलेर सरकार बनाउँदा धेरै मान्छेहरु अलिकति सक्ड नै भएका थिए । सबैभन्दा धेरै प्रतिष्पर्धामा हुने पार्टीहरुले किन सरकार बनायो होला त ? ठिक यस्तै कुराहरुलाई एड्रेस गर्न । धेरै ठाउँमा हामीलाई इस्युज थाहा छ, रेस्पोन्स पनि थाहा छ तर हामी त्यहाँ पुग्नै सक्दैनौँ । अहिले पनि जुन फण्डहरुको कुराहरु गरिरहेका छौँ । जुन क्लाइमेट फाइनान्सको कुरा गरिरहेका छौँ । लस एण्ड ड्यामेज फण्डका कुराहरु गरिरहेका छौँ, त्यसमा हामी कसरी पुग्ने त ? त्यसको लागि हामी पोल्टिकल मान्छेहरुको छोटो लाइफ हुन्छ, तर इन्टेन्सन जहिले पनि सही हुनुपर्छ । पर्मानेन्ट सरकारले मात्रै कार्यान्वयन गर्नसक्छ ।’

परराष्ट्रमन्त्री राणाले भविष्यको लागि सोचेर रणनीति बनाउनुपर्ने र देशको आवश्यकता हेरेर एक्शनमा जानुपर्ने बताइन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?