Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न पर्यटनमन्त्री बस्यालको आह्वान


काठमाडौँ । गण्डकी प्रदश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले अन्तर्राष्ट्रिय उडान भर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई पोखरा विमानस्थलबाट नियमित उडान गर्न आह्वान गरेका छन् ।

बिहीवार नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्यालले पोखरा विमानस्थल उडानका लागि प्राविधिक रुपमा योग्य रहेको उल्लेख गर्दै यस्तो आह्वान गरेका हुन् ।

चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु—पोखरामा आज चार्टर उडान गरेका थिए । बिहावार बिहान वायुसेवाले छेन्दुबाट १२९ जना यात्रु लिएर पोखरामा अवतरण गरेका हुन् । साथै विमान बिहान साढे ११ बजे काठमाडौं हुँदै छेन्दु फर्किएका छन् । वायुसेवाले छेन्दु—पोखरा—काठमाडौं नियमित उडान गर्ने बताएका छन् ।

उनले विमानस्थल प्राविधिक रुपमा ठिक र हवाई उडानका लागि योग्य प्रमाणित भइसकेको बताए । चीनको सिचुआन एयरलाइन्सको विमानले सफल अवतरण गरेसँगै विमानस्थल हरेक हिसावले उडानका लागि योग्य प्रमाणित भएको उनले बताए ।

उनले भने , ‘पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सम्पन्न भएको दुई वर्ष भयो । तर अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । हुँदै नभएको पनि होइन । तर नियमित रुपमा उडान हुन सकेको अवस्था थिएन । यसरि विमानस्थल नचलेको अवस्थामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ठिक छैन, डाउन भएको छ लगायतका चर्चा परिचर्चा भइरहेने गर्दथे । के हो त भने हामीले आजै सिचुआनबाट आएको अन्तर्राष्ट्रिय उडान त्यही पोखरामा अवतरण गरेर हामी सुरक्षित साथ फेरि काठमाडौं अवतरण गरेका छौं । आज प्रयोग गरेर प्रष्ट भएर देखियो । अब यहाँ कुनै दुविधा रहेन । विमानस्थल एकदम ठिक र चलाउनका लागि पनि योग्य छ । विभिन्न कारणले हामीले अहिलेसम्म चलाउन सकेका थिएनौं । आजको उडानबाट चलाउन ठिक भन्ने कुरा प्रमाणित भएको हुनाले म यहाँहरु सबैलाई मेरो मन्त्रालयको तर्फबाट धन्यावाद तथा बधाई दिन चाहन्छौ । र अन्तर्राष्ट्रिय उडानका लागि सक्षम र योग्य हवाई कम्पनीहरुलाई पोखरा विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न ठिक छ भन्नेकुरा प्रमाणित भएको हुनाले सबै कम्पनीहरुलाई आह्वान गर्न चाहन्छु ।’


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?