Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
४ माघ २०८२, आईतवार
४ माघ २०८२, आईतवार

माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैनः विप्लप


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द(विप्लप)ले माओवादी फुट्ने क्रम नरोकिने बताएका छन् ।

बिहीवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै चन्दले माओवादी फुटेर साउने भेलजस्तो भएको उल्लेख गर्दै माओवादी नभएको कुनै ठाउँ नरहेको जिकिर गरे । माओवादी फुटेर १९ वटा भइसकेको बताउदै उनले माओवादी नेताहरुको मन शान्त र दिमाग स्थिर नभएको टिप्पणी गर्दै माओवादीहरुले मुलुकमा तरंग ल्याउने गरेको बताए ।

उनले भने, ‘माओवादी लड्दालड्दै धेरै बढेपनि अटाएन । छल्कियो, यताउता पोखियो भनेपनि हुन्छ । साउनको भलेजस्तो कुलातिर पनि पस्या छ, झारीतिर पनि पस्या छ । बाटोमा पनि हिँड्या छ । कहाँ पुगेन माओवादी आज ? सबैतिर छ । माओवादी नभएको ठाउँ देख्नुहुन्न । फुट्न पनि हामी जति को फ्ट्या होला र ? एउटा साथिले डायरिमा लेख्नुभएछ । माओवादी १९ वटा पुगेछ । अर्को पनि थप्नुस् । २० हुन्छ । फुटेर कहाँ पुग्ने हो निश्चित छैन । फुट्दाफुट्दै जब यो सकिन्छ नि त्यसपछि सायद केन्द्रित पनि हुन्छ होला । कति फुट्यो ? सकियो कि सकिएन ? हिसाव हुँदैछ । यो साँचो कुरा हो । माओवादीका सबै घटकहरुमा यो बहसहरु चलिरहन्छन् नि त । विभिन्न तरंगहरु छन् किनभने माओवादीको मन शान्त छैन । मन शान्त नभएर दिमाग स्थिर छैन । समाजमा हाम्रोबारेमा अनेकौं खालका तर्कहरु छन् । माओवादीहरु शान्त भएर बस्ने मान्छेहरु पनि होइनौं नि त ।’

उनले माओवादी फुट्ने क्रम जारी रहेको उल्लेख गर्दै यो क्रम सकिएसँगै केन्द्रिकृत हुँदै जाने दाबी गरेका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?