Trending
>>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

माओवादी फुटेर कहाँ पुग्ने हो निश्चित छैनः विप्लप


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द(विप्लप)ले माओवादी फुट्ने क्रम नरोकिने बताएका छन् ।

बिहीवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै चन्दले माओवादी फुटेर साउने भेलजस्तो भएको उल्लेख गर्दै माओवादी नभएको कुनै ठाउँ नरहेको जिकिर गरे । माओवादी फुटेर १९ वटा भइसकेको बताउदै उनले माओवादी नेताहरुको मन शान्त र दिमाग स्थिर नभएको टिप्पणी गर्दै माओवादीहरुले मुलुकमा तरंग ल्याउने गरेको बताए ।

उनले भने, ‘माओवादी लड्दालड्दै धेरै बढेपनि अटाएन । छल्कियो, यताउता पोखियो भनेपनि हुन्छ । साउनको भलेजस्तो कुलातिर पनि पस्या छ, झारीतिर पनि पस्या छ । बाटोमा पनि हिँड्या छ । कहाँ पुगेन माओवादी आज ? सबैतिर छ । माओवादी नभएको ठाउँ देख्नुहुन्न । फुट्न पनि हामी जति को फ्ट्या होला र ? एउटा साथिले डायरिमा लेख्नुभएछ । माओवादी १९ वटा पुगेछ । अर्को पनि थप्नुस् । २० हुन्छ । फुटेर कहाँ पुग्ने हो निश्चित छैन । फुट्दाफुट्दै जब यो सकिन्छ नि त्यसपछि सायद केन्द्रित पनि हुन्छ होला । कति फुट्यो ? सकियो कि सकिएन ? हिसाव हुँदैछ । यो साँचो कुरा हो । माओवादीका सबै घटकहरुमा यो बहसहरु चलिरहन्छन् नि त । विभिन्न तरंगहरु छन् किनभने माओवादीको मन शान्त छैन । मन शान्त नभएर दिमाग स्थिर छैन । समाजमा हाम्रोबारेमा अनेकौं खालका तर्कहरु छन् । माओवादीहरु शान्त भएर बस्ने मान्छेहरु पनि होइनौं नि त ।’

उनले माओवादी फुट्ने क्रम जारी रहेको उल्लेख गर्दै यो क्रम सकिएसँगै केन्द्रिकृत हुँदै जाने दाबी गरेका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?