Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यकः जनार्दन शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता रहेको बताएका छन् ।

बिहीवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन् । कम्युनिष्ट पार्टीमा एकता गर्ने नेतृत्वको समस्या,कमजोरी र नेतृत्वमा सत्ता स्वार्थ तथा खिचातानीको कारणले एकता कायम रहन नसकेको उनको भनाई छ

उनले अहिले पनि कम्युनिष्टहरु फुट,गुटका कारण चिराचिरा भएको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा पुनर्गठनसहित अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले पुनर्गठन गरी दलाल पुँजीपति वर्गले वर्चक्षे कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले त्यसको लागि विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको उल्लेख गरे । उनले कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुल्लाको चाल भने जस्तो भइरहेको टिप्पणी गरेका छन् ।

उनले कम्युनिष्टहरु अहिले सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको भन्दै जनताका समस्या र जनजीविकाका विषयमा जानकार हुन छोडेको जिकिर गरेका छन् ।

उनले भने ,‘ अहिले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता छ । जुन पुनर गठन २०६४ मा गर्न खोजिएको थियो । तर २०६४ मा सिङ्गो वाम शक्तिलाई एकतावद्ध गर्ने उदेद्यले चुनावी तालमेल र २०६५मा एकता गरेर जाने प्रक्रिया शुरु भएको हो । त्यो बेलाको कम्युनिष्ट एकता नीतिगत रुपमा नराम्रो थिएन । कम्युनिष्ट पार्टी एकता गर्ने नेतृत्वको समस्या,कमजोरी,गलत नेतृत्व र नेतृत्वमा सत्ता स्वार्थ खिचातानीको कारणका कारणले त्यो सफल हुन सकेन । आजका दिनमा कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा दलाल पुँजीपति वर्गले बर्चसो कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्दै पुनर्गठन सहित अगाडि बढ्नुपर्ने आवश्यकता छ । विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको छ । आज कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुलाको चाल भने जस्तो भएको छ । हामी अगाडि बढ्ने कसरी हो । वर्तमान सत्ता स्वार्थमा लागि रहने हो । जनजीविकाका यावत समस्या समाधान गर्दै अघि बढ्ने हो । कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्छ । पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृति हावी हुँदै गएको छ । कम्युनिष्ट नेताहरुमा जनताका दुख बुझ्न जाने भन्दा पनि सम्पती आर्जन र सुख सुविधामा तल्लिन हुन कम्युनिष्ट विचलनका आयामहरु देखिएका छन् ।’

उनले कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्ने समय आएको बताएका छन् । उनले पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृत्ति हावी हुँदै गएको पनि बताएका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?