Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठन आवश्यकः जनार्दन शर्मा


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता रहेको बताएका छन् ।

बिहीवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले यस्तो बताएका हुन् । कम्युनिष्ट पार्टीमा एकता गर्ने नेतृत्वको समस्या,कमजोरी र नेतृत्वमा सत्ता स्वार्थ तथा खिचातानीको कारणले एकता कायम रहन नसकेको उनको भनाई छ

उनले अहिले पनि कम्युनिष्टहरु फुट,गुटका कारण चिराचिरा भएको भन्दै अब कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा पुनर्गठनसहित अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । उनले पुनर्गठन गरी दलाल पुँजीपति वर्गले वर्चक्षे कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले त्यसको लागि विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको उल्लेख गरे । उनले कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुल्लाको चाल भने जस्तो भइरहेको टिप्पणी गरेका छन् ।

उनले कम्युनिष्टहरु अहिले सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको भन्दै जनताका समस्या र जनजीविकाका विषयमा जानकार हुन छोडेको जिकिर गरेका छन् ।

उनले भने ,‘ अहिले नेपालमा कम्युनिष्ट आन्दोलनको तेस्रो पुनर्गठनको आवश्यकता छ । जुन पुनर गठन २०६४ मा गर्न खोजिएको थियो । तर २०६४ मा सिङ्गो वाम शक्तिलाई एकतावद्ध गर्ने उदेद्यले चुनावी तालमेल र २०६५मा एकता गरेर जाने प्रक्रिया शुरु भएको हो । त्यो बेलाको कम्युनिष्ट एकता नीतिगत रुपमा नराम्रो थिएन । कम्युनिष्ट पार्टी एकता गर्ने नेतृत्वको समस्या,कमजोरी,गलत नेतृत्व र नेतृत्वमा सत्ता स्वार्थ खिचातानीको कारणका कारणले त्यो सफल हुन सकेन । आजका दिनमा कम्युनिष्ट आन्दोलनलाई तेस्रो पुनर्गठनमार्फत समाजवादी कार्यदिशाका आधारमा दलाल पुँजीपति वर्गले बर्चसो कायम गरेको समाज, अर्थ व्यवस्था र राजनीतिका विरुद्ध समाजवादी क्रान्तिको कार्यदिशा तय गर्दै पुनर्गठन सहित अगाडि बढ्नुपर्ने आवश्यकता छ । विभिन्न खेमामा रहेर बसेको कम्युनिष्टहरु एकतावद्ध हुनुपर्ने बेला आएको छ । आज कम्युनिष्ट आन्दोलनको अवस्था न हाँसको चाल न बकुलाको चाल भने जस्तो भएको छ । हामी अगाडि बढ्ने कसरी हो । वर्तमान सत्ता स्वार्थमा लागि रहने हो । जनजीविकाका यावत समस्या समाधान गर्दै अघि बढ्ने हो । कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्छ । पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृति हावी हुँदै गएको छ । कम्युनिष्ट नेताहरुमा जनताका दुख बुझ्न जाने भन्दा पनि सम्पती आर्जन र सुख सुविधामा तल्लिन हुन कम्युनिष्ट विचलनका आयामहरु देखिएका छन् ।’

उनले कम्युनिष्टहरुले उत्पादन र आत्मनिर्भर अर्थतन्त्र बनाउने नेतृत्व गर्नुपर्ने समय आएको बताएका छन् । उनले पार्टीभित्रका बहसलाई नकारात्मक चिन्तनको रुपमा लिने प्रवृत्ति हावी हुँदै गएको पनि बताएका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?