Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

अन्तर्राष्ट्रिय सम्मेलनमा जाँदा भाषण सुनेर फर्किने होइन, निर्णय गराएर आउनुस्ः प्रधानमन्त्री ओली


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोप–३० जाँदा भाषण सुनेर फर्किने नभइ निर्णय गराएर आउने गरी तयारी थाल्न निर्देशन दिएका छन् ।

बिहीवार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन सम्बन्धी सम्मेनहरुलमा जाँदा भाषण सुन्ने नभइ निर्णय गराउनसक्ने गरी जानुपर्ने बताएका हुन् ।

उनले सम्मेलनका दिइने ३ मिनेटलाई कतिबेला आयो भन्नेकुराको जानकारी बिनै उत्कृष्ट रुपमा आफ्ना धारणा र एजेण्डाहरु प्रश्तुत गर्नुपर्ने बताए । योजना उनले कोप ३० मा जाँदा नेपालले आफूलाई विशेष तयारीका साथ जानुपर्ने बताए । उनले नेपालले जलवायु परिवर्तनसम्बन्धी मुद्दामा नेतृत्व लिन सक्नुपर्ने बताएका छन् ।

सबै एकजुट भएमात्रै जलवायु परिवर्तनका समस्या न्युनिकरण गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनसम्बन्धी असर न्युनिकरणका लागि ठोस नीति बनाउनुपर्ने बताएका छन् । कसको जिम्मेवारी के ? कसले के गर्ने ? भनेर सरकारले समिति बनाउने र समितिको सुझावअनुसार जलवायु अनुकुलनका लागि काम गर्ने बताएका छन् ।

उनले अहिलेदेखि नै कोप ३० को तयारीमा लाग्न निर्देशन दिए । कोप २० बाट ३० आउँदासम्म नेपालले गरेका कामहरुको प्रतिवेदन बनाउने र आफ्ना एजेण्डाहरु दृढ र स्पष्ट बनाउनुपर्नेमा जोड दिए । हिमालमा जलवायु परिवर्तनका कारण परेको असरमा नेपालले प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् ।

उनले भने , ‘अब हामी ठोस नीति बनाऔँ । कसको जिम्मेवारी के ? कसले के गर्छ भनेर त्यो एउटा वन मन्त्रालय र अरुसमेत राखेर, विभिन्न राखेर हामी एउटा यस्तो समिति बनाउँला । जसबाट विज्ञहरु राखेर योङ इनर्जेटिक मान्छेहरु राखेर अर्को साथीले उठाउनुभएको थियो, हामी टेक्नोलोजी र म्यानपावरतिर ध्यान दिइरहेका छैनौँ भने कसरी यसको मिटिगेशन कसरी हुन्छ ? त्यसकारण यसकारण यसलाई सम्बोधन गर्न हामीसँग नलेज, टेक्नोलोजी, टेक्निकल म्यानपावर यि चाहिन्छ । इक्वीपमेण्टहरु पनि चाहिन्छ । यि समेत हामीले अघि बढाउनुपर्छ । तर त्यो भन्दा बढी महत्वपूर्ण कुरा कमन कमिटमेण्ट हो । साझा प्रतिवद्धता सबैभन्दा महत्वपूर्ण कुरा छ । जसमा हामी जानुपर्छ । कोप ३० मा जाँदा हामीले आफूलाई विशेष तयारीका साथ जानुपर्दछ । लेक्चर सुनेर आउने होइन, निर्णय गराएर आउने । हामीले लिड गर्नुपर्छ, यि इस्युहरुमा । तीन मिनेटको समय दिएको छ भने तीन मिनेट कतिबेला आयो भन्नेकुरा तिनीहरुले सम्झन पनि नपाउन् । हाम्रो लजिक त्यसरी जानुपर्छ । कतिबेला तीन मिनेट आयो, थाहा पनि नपाउन् । लजिकले समय बिर्साइदिन्छ । नेपाल देखिने, सुनिने हुनुपर्छ । नेपाल बुझिने हुनुपर्छ । नेपालले प्रश्तावहरुमार्फत लिड गर्नुपर्छ, इन्भायरोमेण्टल क्वेशनमा किनभने यसको मार सबैभन्दा बढी हामीलाई परेको छ । यसको समाधान यहाँबाट खोज्न प्रारम्भ गरिनुपर्दछ । हाम्रा मन्त्रालयहरुले ठोस योजनाहरु बनाउनु पर्दछ । अब अहिलेदेखि थालाँै कोप ३० को तयारी । त्यस भन्दा अगाडि २९ बाट ३० को बीचमा ह्वाट वि डिट इन नेपाल ? यो कुरा हामीले रिपोर्ट प्रश्तुत गरौँ । के ग¥यौँ हामीले ? हाम्रा स्पष्ट र दृढ मागहरु प्रश्तुत गरौँ, हामीले लिएका नीतिहरु बताऔँ । दुनियाँलाई काम लाग्छ । हिमाल हामीसँग छन्, समस्याको जरो हामीसँग छ । त्यसकारण समस्या जहाँ छ त्यहाँ कामा गरौँ । माउण्टेनमा फोकस र कन्सन्टेसन हुनुपर्दछ ।’

प्रधानमन्त्री ओलीले सिमित श्रोत र साधनका बाबजुत पनि नेपालले सचेतनामुलक कार्यक्रमहरुमार्फत वातावरण सफा राख्नसक्ने बताएका छन् । वन जंगलमा डढेलो लाग्न नदिन नागरिकमा सचेतना फैल्याउन आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: ११ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?