Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यले संविधान संशोधन गर्न लागिएको होइनः सांसद साउद


काठमाडौँ । नेपाली काँग्रेसका सांसद नारायणप्रकाश साउदले बहुलवादी संस्कृतिलाई निषेध गर्ने उद्देश्यबाट संविधान संशोधन गर्न लागिएको भ्रम फैल्याइएको बताएका छन्  ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  यस्तो बताएका हुन् । उनले  कुनैपनि ठाउँमा दुई दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनैपनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोर्डन प्रजातन्त्रमा कसैको पनि नहुने स्पष्ट पारे ।  उनले  अहिले सरकार संविधान संशोधनको प्रक्रियामा रहेको र सरकार पश्चगामी बाटोतिर नजाने बताए  ।

उनले  २०/२५ हजार भोटले एक सांसद हुने, दलहरु थरीथरी खुल्ने, मिश्रित निर्वाचन पद्धतिले एकल दलको बहुमत आउने सम्भावना नहुने, सानासाना एक दल, दुई दल, तीन दल हुँदाहुँदा २५ सिट पाउने दलसँग पनि प्रत्यक्षमा एक सिट जित्ने हैसियत नहुने स्थिति रहेकाले कुनै न कुनै रुपमा त्यसलाई समाधान गर्नुपर्नेमा राष्ट्रिय सहमति बनेको बताए  ।

उनले भने , ‘अब हामी संविधान संशोधनको प्रक्रियामा छौँ । संविधान संशोधनको प्रक्रियामा हामी अगाडि बढिरहेको बेलामा हामीले अब पश्चगामी भन्ने बाटोतिर कसैले पनि जान सक्दैन । लेफ्टहरुबाट बहस आएको म सुन्छु, दुई दलीय बन्यो, अर्को दलीय बन्यो । कम्युनिष्टहरु त एकदलीय शासन व्यवस्थालाई विश्वास गर्ने हुन् । तर उहाँहरुले बहुदलीय शासन व्यवस्थाको पैरवी गरेको सुन्दा मलाई चाहीँ बहुत सन्तुष्टि मिलेको छ । दुई दलीय कसैले बनाउन खोजेको छ भन्नेकुरा बिल्कुलै होइन । कहिले कहीँ थ्रेस होल्डको कुराले दुई दलीयलाई प्रमोट गर्ने बाटोमा अघि बढ्छ की भन्ने, हामीले पुरानो अभ्यासबाटै हामी पनि संसदमा हुँदै धेरै छलफल र बहस भइसकेपछि अब २०÷२५ हजार भोटले एक सांसद हुने, दलहरु थरीथरी खुल्ने, मिश्रित निर्वाचन पद्धतिले एकल दलको बहुमत आउने सम्भावना नहुने, सानासाना एक दल, दुई दल, तीन दल हुँदाहुँदा २५ सिट पाउने दलसँग पनि प्रत्यक्षमा एक सिट जित्ने हैसियत नहुने स्थिति भइसकेपछि कुनै न कुनै रुपमा त्यसमा परिमार्जन गर्नुपर्छ भन्ने राष्ट्रिय सहमतिकै आधारमा हामी त्यो निक्र्यौलमा पुगेका हौँ । तर त्यसको उद्देश्य कुनैपनि ठाउँमा दुई दलीय शासन स्थापित गर्ने वा ज्यादा दल र विचार समाजमा आउने बहुलवादी संस्कृतिलाई कुनैपनि किसिमले निषेध गर्ने उद्देश्य अहिलेको मोर्डन प्रजातन्त्रमा कसैको पनि छैन ।’

सांसद साउदले एकदलीय शासन व्यवस्थालाई विश्वास गर्नै कम्युनिष्टहरुले बहुदलीय व्यवस्थाबारे आवाज उठाउँमा आफू सन्तुष्ट रहेको बताए ।


प्रकाशित मिति: २९ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?