Trending
>>   कांग्रेस महामन्त्री गगन थापासँग सर्वोच्चले माग्यो लिखित जवाफ >>   शंख किन बजाइन्छ? जान्नुहोस् धार्मिक र वैज्ञानिक कारणहरू >>   शिक्षकहरूका जायज मागहरूलाई सम्बोधन गर्न सरकार अनुदारः उपमहासचिव पुन >>   वक्यौता तिर्नेगरी बजेट विनियोजन नहुने हो भने बीमा कसरी चल्छ : प्रदीप पौडेल >>   प्रतिपक्षीले शिक्षकहरूसँग जारी वार्ता प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले संसदभित्र राजनीति गर्न खोज्योः एमाले >>   दोस्रो सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा >>   एनआरएनए फुटाउने खेलमा नलाग्न महाधिवेशन प्रतिनिधिहरुको चेतावनी >>   विभागहरूको सक्रियताले पार्टीलाई गतिशील र ऊर्जा थपेको छः सभापति देउवा >>   कीर्तिपुरको डाँडा बसेर महिनामा दुई–तीन लाख कमाइने कुरा गर्दा मजाक बनाईयो :गगन थापा >>   नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक
Logo
१६ बैशाख २०८२, मंगलवार
१६ बैशाख २०८२, मंगलवार

माछामा आत्मनिर्भर बन्दै पूर्वी नवलपरासी


माछापालनमा किसान आकर्षित हुँदै गएपछि पूर्वी नवलपरासी माछामा आत्मनिर्भर हुँदै जान लागेको छ । जिल्लामा दुई हजार आठ सय ४५ रोपनी क्षेत्रफलमा रहेका एक हजार पाँच सय बढी साना ठूला पोखरीबाट यस वर्ष अघिल्लोभन्दा २५ प्रतिशत धेरै माछा उत्पादन हुने प्रक्षेपण गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पूर्वी नवलपरासीका मत्स्य विकास अधिकृत सन्दीप लामिछानेले जानकारी दिनुभयो ।

गत वर्ष नौ सय ३३ मेट्रिक टन माछा उत्पादन भएकोमा यस वर्ष २५ प्रतिशत बढेर करिब एक हजार एक सय मेट्रिक पुग्ने लामिछानेले बताउनुभयो । पूर्वी नवलपरासीमा विशेष गरेर रहु, नैनी, सिल्भर कार्प, ग्रासकार्पलगायत स्थानीय जातका माछा पालिँदै आएको छ । यस वर्ष प्रयोगशाला स्थापना, माछा पोखरीमै पुगेर प्यारामिटर परीक्षण गर्नेदेखि नयाँ पोखरी निर्माण गर्दा लागत साझेदारीको आधारमा रोपनीको हिसाबले अनुदान दिइएकाले पनि यो वर्ष उत्पादन बढने न्यौपाने बताउनुहुन्छ । जिल्लाको दक्षिणी क्षेत्र चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसँग जोडीएका धेरै भागमा व्यक्तिगत तथा सामूहिकरुपमा माछापालन गरिँदै आएको छ । निकुञ्जबाट निस्किने गैँडा, बँदेल, हरिणलगायतका जङ्गली जनावर आएर खेती नष्ट गर्ने क्रम बढ्दै गएपछि खेती गर्न छाडेर किसान माछापालनतर्फ आकर्षित हुन थालेका छन् ।

खेती गर्दा आफूले कहिल्यै पुरा बाली स्याहार्न नपाएको तर अहिले माछापालन सुरु गरेपछ आर्थिकपार्जोनसँगै जङ्गली जनावरले दुःख दिने झन्झटबाट मुक्त भएको कावासोती नगरपालिका–१३ का किसान लक्ष्मीप्रसाद न्यौपाने बताउनुहुन्छ । केही वर्षअघिसम्म भारतीय माछामा निर्भर रहेको जिल्लामा माछापालन गर्ने किसानको सङ्ख्या र उत्पादन बढेसँगै विस्तारै जिल्ला माछा उत्पादनमा आत्मनिर्भर हुँदै गएको हो ।


प्रकाशित मिति: २३ पुष २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?