Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बगरखेतीले उकास्यो जीवनस्तर (फोटो फिचर)


बर्दिया। बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा रहेको बगरमा खेती गरेर आम्दानी गर्न थालेका छन् ।

त्यसै खेर जाने बगरमा हिउँद तथा वर्षा दुवै समयमा खेती गरेर यहाँका किसानले मासिक १ लाख रुपैयाँसम्म कमाउने गरेका हुन् । नदीको बगरमा गरिएको खेतीले बालापुरका किसानको आर्थिक जीवनस्तर फेरिएको छ । यहाँको २५ बिगाह क्षेत्रफल बगरमा २७ परिवारले खेती गर्दै आएका छन् । बालापुरस्थित बबई नदीको किनारमा गुलरिया वडा नम्बर ५ का २७ घर परिवारले हाल तिल, साग, सखरखण्ड, लौका, काउली र बन्दाको खेती गर्दै आएका छन् । हिउँदमा भने यहाँ किसानले खरबुजा, लौका र करेला खेती गर्ने गरेका छन् । स्थानीय गोपीलाल चौधरीको परिवारले ५ वर्षदेखि बगरमा खेती गर्दै आएको छ । बगरखेतीबाट आफूहरुले वार्षिक १२ लाख रुपैैयाँ आम्दानी गर्ने गरेको चौधरीले बताउनु भयो । मनसुनको समयमा बबई नदीमा आएको बाढीले नजिकको जमिनलाई बगर बनाइदिएपछि त्यही बगरमा स्थानीय किसानले मौसमी तथा बेमौसमी खेती गर्दै आएका छन् । स्थानीय चौधरीले २ बिगाहा क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । विगतमा मजदुरी गर्ने आफ्नो परिवारको जीवन बगरखेतीले बदलेको उनको भनाइ छ ।

जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत प्राक्टिकल एक्शनले बगरखेतीको लागि बीउबिजन र कृषि विज्ञको साथै सिंचाईका लागि प्राविधिक सहयोग गर्दै आएको छ । समय समयमा हुने तालिम र बीउबिजनको सहयोगले खेती गर्नमा उत्साहित बनाएको चौधरीको भनाइ छ ।

त्यसैगरी, कैलालीको धनगढी नगरपालिका र टीकापुर नगरपालिकाका किसानले पनि बगर खेती गरेका छन् । धनगढी वडा नम्बर १९ पूर्वी ललितपुरका २१ जनाले बगरखेतीबारे तालिम लिएका छन् । उनीहरुले मोहना नदीको किनारमा खेती गर्दै आएका छन् । यस्तै टीकापुर वडा नम्बर ८ वनगाउँका ८ जना किसानले पनि बगरखेती गरिरहेका छन् । कर्णालीको बगरमा खेती गर्दै आउनुभएका रमेश चौधरी संस्थाले तालिम दिएपछि खेती सहज हुनुको साथै आम्दानी पनि बढेको बताउँछन् । छोराछोरीको पढाई र दैनीक खर्च धानेर केही रकम भविष्यलाई वचत पनि गरेको उनले बताए ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?