Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

बगरखेतीले उकास्यो जीवनस्तर (फोटो फिचर)


बर्दिया। बर्दियाको गुलारिया नगरपालिका वडा नं. ५ का किसानले बबई नदीको किनारमा रहेको बगरमा खेती गरेर आम्दानी गर्न थालेका छन् ।

त्यसै खेर जाने बगरमा हिउँद तथा वर्षा दुवै समयमा खेती गरेर यहाँका किसानले मासिक १ लाख रुपैयाँसम्म कमाउने गरेका हुन् । नदीको बगरमा गरिएको खेतीले बालापुरका किसानको आर्थिक जीवनस्तर फेरिएको छ । यहाँको २५ बिगाह क्षेत्रफल बगरमा २७ परिवारले खेती गर्दै आएका छन् । बालापुरस्थित बबई नदीको किनारमा गुलरिया वडा नम्बर ५ का २७ घर परिवारले हाल तिल, साग, सखरखण्ड, लौका, काउली र बन्दाको खेती गर्दै आएका छन् । हिउँदमा भने यहाँ किसानले खरबुजा, लौका र करेला खेती गर्ने गरेका छन् । स्थानीय गोपीलाल चौधरीको परिवारले ५ वर्षदेखि बगरमा खेती गर्दै आएको छ । बगरखेतीबाट आफूहरुले वार्षिक १२ लाख रुपैैयाँ आम्दानी गर्ने गरेको चौधरीले बताउनु भयो । मनसुनको समयमा बबई नदीमा आएको बाढीले नजिकको जमिनलाई बगर बनाइदिएपछि त्यही बगरमा स्थानीय किसानले मौसमी तथा बेमौसमी खेती गर्दै आएका छन् । स्थानीय चौधरीले २ बिगाहा क्षेत्रफलमा मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । विगतमा मजदुरी गर्ने आफ्नो परिवारको जीवन बगरखेतीले बदलेको उनको भनाइ छ ।

जलवायु उत्थानशिल कार्यक्रम अन्तर्गत प्राक्टिकल एक्शनले बगरखेतीको लागि बीउबिजन र कृषि विज्ञको साथै सिंचाईका लागि प्राविधिक सहयोग गर्दै आएको छ । समय समयमा हुने तालिम र बीउबिजनको सहयोगले खेती गर्नमा उत्साहित बनाएको चौधरीको भनाइ छ ।

त्यसैगरी, कैलालीको धनगढी नगरपालिका र टीकापुर नगरपालिकाका किसानले पनि बगर खेती गरेका छन् । धनगढी वडा नम्बर १९ पूर्वी ललितपुरका २१ जनाले बगरखेतीबारे तालिम लिएका छन् । उनीहरुले मोहना नदीको किनारमा खेती गर्दै आएका छन् । यस्तै टीकापुर वडा नम्बर ८ वनगाउँका ८ जना किसानले पनि बगरखेती गरिरहेका छन् । कर्णालीको बगरमा खेती गर्दै आउनुभएका रमेश चौधरी संस्थाले तालिम दिएपछि खेती सहज हुनुको साथै आम्दानी पनि बढेको बताउँछन् । छोराछोरीको पढाई र दैनीक खर्च धानेर केही रकम भविष्यलाई वचत पनि गरेको उनले बताए ।


प्रकाशित मिति: १८ कार्तिक २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?