Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
४ आश्विन २०८३, आईतवार
४ आश्विन २०८३, आईतवार

नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छः कृषिमन्त्री परियार


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको बताएका छन् ।

४५ औँ खाद्य दिवसको अवसरमा बिहीवार आयोजित कार्यक्रममा बोल्दै उनले पछिल्लो वर्षहरुमा नेपालले खाद्य सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको उनले बताएका छन् । भोकमरी सूचाङ्कमा सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आईपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी उल्लेख्य सुधार गरेको उनले जानकारी दिए । अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलकमा रहेको उनको भनाई छ । हिमाली क्षेत्रमा रहेका जनतामा बढी खाद्य असुरक्षा रहेको उनले बताए । हिमाली क्षेत्रमा खाद्यन्नको पहुँच वृद्धि गर्नसके अझ सुधार ल्याउन सकिने अवस्था रहेको उनको भनाई छ । उनले हाल वर्षभर खान नपुग्ने कृषक परिवारको संख्या करिव ५५ प्रतिशत रहेको बताए । करिव ५८ प्रतिशत जनसंख्या कृषि पेशामा नै संलग्न भएपनि यस क्षेत्रमा भूमी तथा श्रमिकको उत्पादकत्व न्युन रहेको उनको भनाई छ । उनका अनुसार कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिव २५ प्रतिशत योगदान गरेको छ ।

उनले भने, ‘पछिल्लो वर्षहरुमा नेपालले खाद्य सुरक्षा प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको छ । फलस्वरुप विगत २५ वर्षमा नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छ । सन् २००० मा ३७ अंक प्राप्त गरेको नेपालले सन् २०२५ मा आईपुग्दा १४ दशमलव ८ अंक प्राप्त गरी भोकमरी सूचाङ्कमा उल्लेख्य सुधार गरेको छ । तथापि अझैपनि नेपाल मध्यम जोखिमयुक्त मुलकमा रहेको छ । खासगरी हिमाली क्षेत्रमा जनतामा बढी खाद्य असुरक्षित जनसंख्या रहेको सन्दर्भमा खाद्यन्नको पहुँच वृद्धि गर्नसके सो मा सुधार ल्याउन सकिने अवस्था छ । नेपालको विद्यमान अवस्थालाई हेर्दा कृषि गणना २०७८ अनुसार नेपालमा किसान परिवारको संख्या ४९ लाख ३० हजार रहेकामध्ये वर्षभरि खान नपुग्ने कृषक परिवारको संख्या करिब ५५ प्रतिशत रहेको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिव २५ प्रतिशत योगदान गरेको भएतापनि करिब ५८ प्रतिशत जनसंख्या कृषि पेशामा नै संलग्न हुनुपर्ने अवस्थाले गर्दा यस क्षेत्रमा भुमी तथा श्रमिकको उत्पादकत्व असाध्यै न्युन रहेको छ ।’

उनले बसाईंसराई, अव्यवस्थित सहरीकरण लगायतका कारण खेतीयोग्य जमिनमा ह्रास आउने क्रम बढेको पनि बताएका छन् ।


प्रकाशित मिति: ३० आश्विन २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?