Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चाडपर्वमा कृषि उपजसँगै औद्योगिक उत्पादन प्रवर्द्धन गर्दै साल्ट ट्रेडिङ


काठमाडौँ। चाडपर्वको बेलामा नागरिकलाई सहुलियतमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि उपजसँगै स्वदेशी औद्योगीक उत्पादन प्रवद्र्धन गरेको छ ।

दशैँ तिहारमा आफ्नो विक्री केन्द्रमा स्थानीयस्तरमा उत्पादित कृषि उपजलाई आफ्ना विक्री केन्द्रहरुमा राखेको छ भने नेपालमै उत्पादित औद्योगीक वस्तुहरुको स्टलहरुलाई केन्द्रीय कार्यालयमा निःशुल्क स्टल राख्न दिएर प्रवद्र्धन गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत व्रजेशकुमार झाले नेपालमा उत्पादित वस्तुहरुलाई प्रवद्र्धन गर्ने हिसावले चाडपर्वका बेला आफ्ना विक्री केन्द्रमा लेकाली, पहाड, हिमालका उत्पादित गेडागुडीहरु सिमि, राजमा, बोडी, फापर, कोदो, मकैको च्याख्लालाई प्राथमिकताका साथ विक्रीमा राखिएको बताएका छन् ।

उनकाअनुसार जुम्लाको स्याउलाई समेत साल्ट ट्रेडिङले प्रवद्र्धन गरेको छ भेन नेपालमा बनेका औद्योगिक उत्पादनलाई समेत निःशुल्क स्टल राख्न दिएर प्रवद्र्धन गरेको छ । औद्योगिक उत्पादनको हकमा बाल्टाका उत्पादन नेबिको बिस्कुटदेखि स्थानीयस्तरमा उत्पादित कञ्चनजंगा अगरबत्तीलाई समेत केन्द्रिय परिसरमा स्टल राख्न दिएर साल्ट ट्रेडिङले प्रवद्र्धन गरेको झाले बताए ।

सहायक प्रमुख कार्यकारी अधिकृत झाले भने,‘नेपालमा उत्पादित कृषि उपजहरुलाई प्राथमिकतामा राखेर विक्री गरिरहेका छौं । लेकाली, पहाड, हिमालका उत्पादित गेडागुडीहरु सिमि, राजमा, बोडी, फापर, कोदो, मकैँको च्याख्लाको बजारीकरण गर्नुपर्छ भन्ने मनशायले विशेष प्राथमिकताका साथ विक्री गर्दै आएका छौं । जुम्लाको च्याउ पनि राखिएको छ । नेपाली उत्पादन नेबिको बिस्कुट पनि राखिएको छ । औद्योगीक उत्पादनको हकमा बाल्टाका उत्पादनहरु स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने हिसावले गरिरहेका छौं । स्थानीय रुपमा उत्पादित कञ्चनजंगा धुप पनि राखिएको छ । दसैँ तिहारको बेला प्रवद्र्धन गर्नुपर्छ भन्ने मनशायले राखिएको हो । ब्राण्डिङमा सघाउ पुग्छ र विक्रीमा समेत सहयोग पुग्छ भनेर राखिएको हो । साल्ट ट्रेडिङमा राखिएका स्टलहरु पूर्ण रुपमा निःशुल्क दिइएको छ ।’

जुम्लाबाट च्याउ ल्याएर विक्री गर्दै आएका दलबहादुर खड्काले जुम्लाको स्याउ काठमाडौंमा ल्याइ बजारीकरण गर्न साल्ट ट्रेडिङले सहयोग गरेको बताएका छन् । १४ वर्षदेखि जुम्लाबाट च्याउ ल्याएर काठमाडौंमा विक्री गरेको र विगत तीन वर्षदेखि साल्ट टे«डिङ परिसरबाट जुम्ली च्याउ बेचिरहेको बताए ।

व्यवसायी खड्काले भने,‘जुम्लाबाट ल्याएर १४ वर्षदेखि काठमाडौंमा च्याउ बेच्दै आएको छु । साल्ट ट्रेडिङ परिसरमा तीन वर्ष भयो । राम्रो सहुलियत दिएर साल्टले विक्रीको प्रवन्ध मिलाइदिनुभएको छ ।’

व्यवसायी खड्काकाअनुसार अघिल्ला वर्षमा जस्तो च्याउ यसपटक राम्रो हुन सकेन । असिनासँगैको वर्षाले गर्दा च्याउ नष्ट हुन पुग्यो तर उत्पादन भएको च्याउ बजारसम्म पुर्याउन संघसंस्थाहरुको सहयोगले सहज भइरहेको छ ।


प्रकाशित मिति: २ कार्तिक २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?