Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

सरकारले माटो व्यवस्थापनलाई प्राथमिकता दिएको छः मन्त्री परियार


काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारले माटो व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको बताएका छन् ।

१२ औं विश्व माटो दिवसको अवसर पारेर शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री परियारले माटो तथा मल परीक्षणका लागि केन्द्रिय कृषि प्रयोगशालाले किसानहरुलाई सेवा प्रदान गर्दै आएको समेत बताएका छन् । उनले देशभर माटो परीक्षण गरी डिजिटल माटो नक्शालाई अध्यावधिक गर्ने काम पनि भईरहेको बताए । सरकारले माटो परीक्षण, सन्तुलित मलको प्रयोगका लागि प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि जस्ता कामहरु गर्दै आएको मन्त्री परियारको जिकिर गरेका छन्।

उनले भने,‘माटो व्यवस्थापन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्राथमिकतामा रहँदै आएको छ । माटो तथा मल परीक्षणका लागि कृषि विभाग अन्तर्गत केन्द्रिय कृषि प्रयोगशालाबाट प्रयोगशाला सेवा प्रदान हुँदै आएको छ । कृषि विभाग, केन्द्रिय कृषि प्रयोगशाला, राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्र तथा प्रदेश सरकार मातहतका प्रयोगशालाहरुको समन्वयमा देशभर माटो परीक्षण गरी डिजिटल माटो नक्शालाई अध्याबधिक गर्ने कार्य भईरहेको छ । यसबाट कृषकहरुले आफ्नो जमिनको माटोको खाद्यतत्वको अवस्थाको जानकारी लिई सो बमोजिम सन्तुलित मलखाद्य उपयोग गर्नसक्नु हुनेछ । साथै माटो परीक्षण, सन्तुलित मलखाद्य प्रयोग सम्बन्धमा प्राविधिक तथा किसानको क्षमता अभिवृद्धि एवं रसायनिक एवं प्राङ्गारिक मल व्यवस्थापन सम्बन्धि कार्यहरु नियमित हुँदै आएको छ ।’

मन्त्री परियारले रसायनिक एवं प्राङ्गारिक मल व्यवस्थापनका लागि पनि सरकारले ठोस योजनाका साथ काम गरिरहेको बताएका छन्।


प्रकाशित मिति: १९ मंसिर २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?