Trending
>>   पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई >>   उर्जा मन्त्रालयमा दीपक खड्काको एक वर्षः ६३१ मेगावाट विद्युत उत्पादन वृद्धि >>   तेस्रो स्थानमा उक्लियो संकटा, एपिएफ र श्रीभगवतीको दोस्रो जित >>   प्रधानमन्त्रीलाई गगनको आग्रहः सत्ता हस्तान्तरणको दिन गनेर नबस्नुस् >>   लायन्स क्लब अफ काठमाडौं ब्राईट स्टारको अध्यक्षमा ढकाल >>   आजको राशिफल : २०८२ साल साउन ०२ गते शुक्रबार >>   जलश्रोत विधेयकलाई खानेपानी र हाइड्रोको क्षेत्रबाट मात्रै नहेरौँः सांसद परियार >>   जलश्रोतको मुहानको प्रयोग सबैले गर्न पाउनुपर्छः सांसद विश्वकर्मा >>   जलश्रोतको उचित व्यवस्थापन, संरक्षण र सदुपयोग गरौँः सांसद शाक्य >>   कानून निर्माणमा ढिलाइ नगरौँः सांसद गौतम
Logo
३ श्रावण २०८२, शुक्रबार
३ श्रावण २०८२, शुक्रबार

प्रधानमन्त्री ओलीको आह्वानः मुलुकमा आइपरेको विपत्तिको मिलेर सामना गरौँ


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गरेका छन् ।

मुलुकमा विपद्ले निम्त्याएका संकट समाधानलगायतका विषयमा मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पत्रकार सम्मेलन बोल्दै  प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताएका छन् । पीडित जनताको उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने बेला भएकाले यसमा सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उनले सिंगो मुलुक विपदमा परेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर सामना गर्नुपर्ने बताएका छन् । विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्याएर मर्का पारेको नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने कुरामा सबै लाग्नुपर्ने बताएका छन् ।

उनले भने ,‘यो बेला भनेको जनताले भोगी रहेको पीडा जुन छ । त्यस पीडामा उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने हो । यतिबेला यस्ता कुराहरुमा हामी नेपालीहरु सम्पूर्ण एक हुनुपर्दछ । एक भएर यो साझा विपत्तिको सामना गर्नुपर्दछ । यस विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्टयाएर मर्का पारेको हुँदैन । सबैलाई यसले मर्का पारेको हुन्छ । यो साझा राष्ट्रिय पीडाको कुरा हो । त्यसकारण देशले ३ दिन शोक मनाउने, आधा झण्डा झुकाउने भन्ने निर्णय गरेको छ सरकारले । यतिबेला कमी कमजोरीहरु कहीँ छन् । त्यो देखाउन सकिन्छ । तर केही राम्रा कामहरु पनि भएका होलान । सरकारले राम्रो काम पनि गरेको होला । सुरक्षाकर्मीहरुले पनि गरेका होलान । ४ हजार भन्दा बढी मानिसलाई रेस्क्यु नगरेको भएत उनीहरु बाँच्न गाह्रो थियो नि त । चार हजार भन्दा बढि मानिसलाई त बचाइएको छ । चार हजार भन्दा बढिको उद्धार गरेर उहाँहरुको जीवन जोगाएको छ । यो कुराहरु पनि हामीले देख्नु पर्छ भन्ने लाग्छ मलाई । केही गर्दै नगरेको होइन । सक्दो गरेको छ । यसमा कहीँ कमीकमजोरी भएको पनि हुनसक्छ । ती आगामी दिनहरुमा गम्भिरताका साथ लिनुपर्दछ । र सच्याउनु पर्दछ त्यस्ता कुराहरु । कमीकमजोरीहरु हुन दिनु हुँदैन । सच्याउनु पर्छ । हामीसँग भएको, राज्यसँग भएको, समाजसँग भएको, यो खाली राज्यको मात्रै विषय पनि होइन । किन, राज्यको मात्रै विषय भए अहिले पुनर्निर्माणको लागि, रेस्क्यु अपरेशनका लागि अथवा अरु राहत, सहयोगका लागि विभिन्न संघ, संस्थाहरुले, व्यक्तिहरुले, व्यवसायीहरुले कोषमा सहयोग पु¥याउनु हुनुहुने थिएन । यो सरकारको मात्रै विषय पनि होइन । यो सिंगो समाजको विषय हो । सिंगो नेपाल यसबाट मर्माहत छ । अत्यन्त दुःखित छ । केही ठाउँमा ढिलो भएको पनि हुनसक्छ । तर जानीजानी ढिलो गर्ने, लापरबाही गर्ने कुरा त कसरी भयो होला र । ’

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले केही ठाउँमा उद्धारको काम ढिलो भएको  हुनसक्ने स्वीकार गर्दै अब तिब्रताका साथ अघि बढ्ने पनि बताएका छन्।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?