Trending
>>   मतदानस्थलको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा (फोटो फिचर) >>   निर्धक्क भएर मतदान गर्न आयुक्त भण्डारीको आह्वान >>   फागुन २१ को निर्वाचनमा शतप्रतिशत मतदान गर्न निर्वाचन आयुक्त जबराको अपिल >>   अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित >>   निर्वाचनका लागि काठमाडौंका मतदान स्थलहरु तयार >>   उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह >>   आज राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी सञ्चालनमा रोक >>   धनुषामा निर्वाचन अवधिसम्मका लागि भारतीय सीमा नाका सिल गरियो >>   पेट्रोल पम्पमा उपभोक्ताको भीड >>   दैनिक ५ हजार लाइसेन्सको माग, कसरी भइरहेको छ वितरण ?
Logo
२० फाल्गुन २०८२, बुधबार
२० फाल्गुन २०८२, बुधबार

प्रधानमन्त्री ओलीको आह्वानः मुलुकमा आइपरेको विपत्तिको मिलेर सामना गरौँ


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार, सहयोग र पुनर्निर्माणको कामका जुट्न आह्वान गरेका छन् ।

मुलुकमा विपद्ले निम्त्याएका संकट समाधानलगायतका विषयमा मंगलवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा पत्रकार सम्मेलन बोल्दै  प्रधानमन्त्री ओलीले सरकारले पीडित जनताको उद्धार तथा राहतका लागि सक्दो पहल गरेको र केही कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने बताएका छन् । पीडित जनताको उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने बेला भएकाले यसमा सम्पूर्ण नेपालीहरु एकजुट हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाई थियो । उनले सिंगो मुलुक विपदमा परेको उल्लेख गर्दै त्यसलाई सबैले मिलेर सामना गर्नुपर्ने बताएका छन् । विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्याएर मर्का पारेको नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने कुरामा सबै लाग्नुपर्ने बताएका छन् ।

उनले भने ,‘यो बेला भनेको जनताले भोगी रहेको पीडा जुन छ । त्यस पीडामा उद्धार, राहत, सहयोग, पुनर्निर्माणका कामहरु गर्ने हो । यतिबेला यस्ता कुराहरुमा हामी नेपालीहरु सम्पूर्ण एक हुनुपर्दछ । एक भएर यो साझा विपत्तिको सामना गर्नुपर्दछ । यस विपत्तिले कुनै राजनीतिक रंग, कुनै पेशा, कुनै व्यवसाय केही छुट्टयाएर मर्का पारेको हुँदैन । सबैलाई यसले मर्का पारेको हुन्छ । यो साझा राष्ट्रिय पीडाको कुरा हो । त्यसकारण देशले ३ दिन शोक मनाउने, आधा झण्डा झुकाउने भन्ने निर्णय गरेको छ सरकारले । यतिबेला कमी कमजोरीहरु कहीँ छन् । त्यो देखाउन सकिन्छ । तर केही राम्रा कामहरु पनि भएका होलान । सरकारले राम्रो काम पनि गरेको होला । सुरक्षाकर्मीहरुले पनि गरेका होलान । ४ हजार भन्दा बढी मानिसलाई रेस्क्यु नगरेको भएत उनीहरु बाँच्न गाह्रो थियो नि त । चार हजार भन्दा बढि मानिसलाई त बचाइएको छ । चार हजार भन्दा बढिको उद्धार गरेर उहाँहरुको जीवन जोगाएको छ । यो कुराहरु पनि हामीले देख्नु पर्छ भन्ने लाग्छ मलाई । केही गर्दै नगरेको होइन । सक्दो गरेको छ । यसमा कहीँ कमीकमजोरी भएको पनि हुनसक्छ । ती आगामी दिनहरुमा गम्भिरताका साथ लिनुपर्दछ । र सच्याउनु पर्दछ त्यस्ता कुराहरु । कमीकमजोरीहरु हुन दिनु हुँदैन । सच्याउनु पर्छ । हामीसँग भएको, राज्यसँग भएको, समाजसँग भएको, यो खाली राज्यको मात्रै विषय पनि होइन । किन, राज्यको मात्रै विषय भए अहिले पुनर्निर्माणको लागि, रेस्क्यु अपरेशनका लागि अथवा अरु राहत, सहयोगका लागि विभिन्न संघ, संस्थाहरुले, व्यक्तिहरुले, व्यवसायीहरुले कोषमा सहयोग पु¥याउनु हुनुहुने थिएन । यो सरकारको मात्रै विषय पनि होइन । यो सिंगो समाजको विषय हो । सिंगो नेपाल यसबाट मर्माहत छ । अत्यन्त दुःखित छ । केही ठाउँमा ढिलो भएको पनि हुनसक्छ । तर जानीजानी ढिलो गर्ने, लापरबाही गर्ने कुरा त कसरी भयो होला र । ’

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले केही ठाउँमा उद्धारको काम ढिलो भएको  हुनसक्ने स्वीकार गर्दै अब तिब्रताका साथ अघि बढ्ने पनि बताएका छन्।


प्रकाशित मिति: १५ आश्विन २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?