Trending
>>   सरकार संसदलाई अवमूल्यन गरिरहेको छः माओवादी सांसद सापकोटा >>   बालकार्य र बालश्रम छुट्याउन जरुरीः मन्त्री भण्डारी >>   गुड गभर्नेन्सका लागि निजामति विधेयकमा कुलिङ पिरियड रािखएको होः मन्त्री गुरुङ >>   पूर्वाधार विकासमा निजी लगानी आकर्षित गर्न वैकल्पिक विकास वित्त विधेयक ल्याइएको होः अर्थमन्त्री पौडेल >>   वैकल्पिक विकास वित्त विधेयकले आर्थिक क्षेत्रको विविधिकरण र विकासका लागि सकारात्मक पहल गर्ने सांसदहरुको विश्वास >>   संसद विघटन गर्दा मलाई कुनै दबाब थिएन, सरकारको निर्णय कार्यान्वयन गरेकी हुँः पूर्वराष्ट्रपति भण्डारी >>   विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीले गरेको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी >>   रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का >>   अनौपचारिक क्षेत्र औपचारिकीकरण भएपछि प्रतिष्पर्धा बढ्छः अध्यक्ष ढकाल >>   वर्ष दिनमा ननुहाउने हिमालवासीहरु अहिले दिनको एक पटक नुहाउँछौँ, यो उपलब्धि होइन ? : सांसद…
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार

काठमाडौंका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्


काठमाडौं।काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन् ।

सोमवार बिहान काठमाडौंका थापाथलीस्थित सुकुम्वासी बस्तीमा बाढीको पीडाले टोलाइरहेका नागरिकहरुले आफूहरुलाई पीडा पर्दा पनि काठमाडौं महानगरपालिकाका वास्ता नगरेको भन्दै पीडा पोखेका हुन् । उनीहरुले हालसम्म स्थानीय वडाले खानाको व्यवस्था गरे पनि अरु केही पनि सहयोग कसैबाट नभएको गुनासो गरे । काठमाडौं महानगरपालिकाले गरिवलाई उठिवास लगाउने काम मात्रै गरिरहेको उल्लेख गर्दै स्थानीय दलमर्दन कामीले सरकारले आफूहरुको पीडालाई तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भयो । कतैबाट पनि केही सहयोग नआएको अवस्थामा आफूहरुको खाने, बस्ने लगायतका व्यवस्था सरकारले गर्नुपर्ने उहाँको भनाई थियो ।

कामीले भन्नुभयो, ‘अहिले त्यस्तो कसैले सहयोग गरेको अवस्थजा छैन । काठमाडौं महानगरपालिकालाई हामीले देख्न पाएका छैनौं । अर्को कुरा यहाँका वडा समितिले खाना भने खुवाई राखेको अवस्था छ । अरु खासै अहिलेसम्म कुनै संघ, संस्थाहरु, व्यक्तिहरु हामीसँग आधिकारिक रुपमा आएर यसो गरौं भन्नुभएको छैन । वडा नम्बर ११ ले हाम्रा दाजुभाई दिदीबहिनीहरुलाई खाना खुवाउने काम गरेको छ । त्यस बाहेक अरु केही पनि सहयोग आएको अवस्था छैन । यही माथि पुलमा आएर बालेन साहले हे प्रभु यो बस्ती सबै भत्काईदिओस् भनेर कामना गर्नुभयो रे भन्ने पनि सुनियो । यो खालको चरित्र पनि छ । यहाँ सामन्तीहरुलाई कसरी गरिवहरुलाई उठाउ भन्ने भईनै राखेको र त्यसमा पनि फेरी यो बाढी आयो । यस पनि दुख त दियो गरिवहरुलाई । जनताको प्रतिनिधि भनेको सरकार हो । सरकार हाम्रो अभिभावक हो । जनताको अभिभावक हो । सरकार नै यसको प्रमुख भएको हुनाले सरकारले नै यसको व्यवस्थापन गर्नुपर्छ । जहाँसम्म यो सुकुम्वासी बस्तीको व्यवस्थापन कसरी गर्ने भन्ने विषय यो सरकारको हातको कुरा हो । सरकार नै जिम्मेवार हुनुपर्छ भन्नेकुरा हो । ’

पीडितहरुले सरकारले सेवा सुविधा दिने कुरा सुनिएपनि हालसम्म नपाएको पनि बताएका छन् । वडाले खाना खुवाउने काम गरेको भएपनि अन्य सुविधा केही पनि नपाउँदा समस्या भएको उनीहरुको भनाई थियो । सरकारले आफूहरुको खाने, बस्ने, शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था मिलाए सो सुकुम्वासी बस्ती छोड्न आफूहरु तयार रहेको स्थानीय हरिमाया जिम्बाले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यहाँ बसेको झण्डै २० वर्ष भयो । यस पटकको बाढीले झण्डै बगाईदियो । यो वडाले माथि गुजेश्वरी स्कुल ठूलो छ । सबै जनालाई त्यहाँ लगेर खानाको व्यवस्था छ । अव आर्मी, सशस्त्र प्रहरीहरुले धेरै साथ दिएका छन । नत्र भने हामी कतिको ज्यान जान्थ्यो होला । यस्तो अवस्थामा सरकार आउनुपर्ने हो । हरेक पत्रपत्रिका मिडियाहरुमा यो वा त्यो भनेको छ । तर सरकारी निकायबाट हामीलाई केही सूचना आएको छैन । बालेन समेत यहाँ आएर के छ त सेवा सुविधा भन्ने बारेमा कुरा गरेको छैन । सरकारी टोली आए हामी पनि सधैं खोलाको किनारामा बस्ने भन्ने होइन । यस्तो अवस्था वस्तु भनेको हाम्रो बाध्यता हो । हिउँदमा खोलाको गन्ध आउँछ, वर्षाभरी खोलाको डर हुन्छ । हामी बाध्यतावस बसेका हौ । सरकारले गाँस, बास, शिक्षा र स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’

अविरल वर्षासँगै काठमाडौं उपत्यकाका खोला किनाराका बस्तीहरुमा पनि ठूलो जनधनको क्षति भएको छ । तर पीडितलाई राहत दिने काममा भने सरकारले कुनै चासो नदिएको पीडितहरुको गुनासो छ । उनीहरुले तत्काल राहतका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रकाशित मिति: १४ आश्विन २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?