Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

लेखिका शाहीको पुस्तक ‘समय सकस’ लोकार्पण


११ चैत्र ,कर्णाली । हुम्ला खार्पुनाथ गाउँपालिका निवासी लेखिका वसन्ती शाहीको ‘समय सकस’ पुस्तक लोकार्पण गरिएको छ ।

उक्त पुस्तक नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले आज वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा आज लोकार्पण गरेका हुन्‌ ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका शाहीले पुस्तक लोकार्पण गर्दै विश्व महामारीका रूपमा फैलिएको कोरानाकालमा मानव जातिले भोग्नुपरेको स्वास्थ्य र आर्थिक सङ्कटको यथार्थता समेटेर लेखिएको पुस्तकले प्रतिकूलित समयलाई अनुकूल बनाउन गरिएको सङ्घर्षबारे प्रष्ट्याएको बताए ।

कर्णाली प्रदेश लोकसेवा आयोगका सदस्यसमेत रहेकी लेखिका शाहीले पुस्तकमा कोरोनाका कारण विश्व अर्थतन्त्रको समग्र उत्पादन, उत्पादकत्व एवं आपूर्ति प्रणालीमा पारेको प्रतिकूल प्रभाव, त्यसबाट सिर्जित असहज परिस्थितिले नेपालको अर्थतन्त्र र जनजीवनमा पारेको असर र भएको मानवीय क्षतिबारे उल्लेख गरिन्‌ ।

सो पुस्तकमाथि बालरोग विशेषज्ञ डा नवराज केसी, मध्यपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार महेन्द्रबहादुर मल्ल तथा साहित्यकार देवकी तिमिल्सिनाले टिप्पणी गर्दै तीन करोड नेपालीको स्वास्थ्यमाथि समकालीन राजनीतिले पारेको प्रभावबारे सरल शैलीमा लेखिएको जनाइन्‌ । पुस्तक चार सय दुई पृष्ठको रहेको जनाइएको छ ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?